फागुन १२, धनुषा । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, धनुषा । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । 

"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ

२०७३, १२ फाल्गुन बिहीबार ०६:५२

फागुन १२, धनुषा । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । 

उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ । धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए । 

प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिनुभयो । को २५ प ६१३९ नंको मोटरसाइकलमा सवार भई फरार हुन खोजेका दुवैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । 

प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुवैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभएको छ । 

जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सञ्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पु¥याएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला