१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका कार्यालय अपाङ्ग मैत्री छैनन्

१२ फाल्गुन २०७३, बिहीबार ०७:०९

फागुन १२, मोरङ । मोरङका सरकारी कार्यालय आपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न कामकाज लिएर जिल्ला प्रशासन कार्यालय पुगे पनि अपाङ्गता मैत्री भवन नहुँदा सेवा लिन समस्या हुने गरेको छ । 

विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेहोर्नुपर्छ । उहाँ मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तलमाथि चढ्न सक्नु हुन्न । 

त्यस्तै, विराटनगर उपमहानगरपालिकामा समेत अपाङ्गता भएकालाई सेवा लिन निक्कै सास्ती हुन्छ । दुई दिनअघि विराटनगर उपमहानगरपालिका पुग्नुभएका दृष्टिविहीन पारश कार्की सम्बन्धित कर्मचारी नभेटेर खाली हात फर्किनुभयो । उहाँ मात्र होइन । विराटनगर–१० मोतिराम टोलकी शर्मिला गौतम, रुपा उराव, एक तला चढ्न नसकेर सेवा नलिई फर्किनुभयो । 

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय, कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर, मालपोत कार्यलय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी लगायतका कार्यालय अपाङ्गतामैत्री छैनन् । 

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पहँुचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका, २०६९ जारी गरेको थियो । तर सो निर्देशिका कार्यान्वयन नहुँदा अपाङ्गता भएका सर्वसाधारणका लागि निक्कै समस्या भएको राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अध्यक्ष राम कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी कार्यालयका भवन अपाङ्तामैत्री नहुँदा समस्या भएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन