१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका कक्षा १ का विद्यार्थी सरसर्ती पढ्छन्

१२ फाल्गुन २०७३, बिहीबार ०७:१३

कृष्ण दर्नाल/फागुन १२, पाल्पा । यहाँको सौभाग्य माविमा कक्षा १ का सोमान रानाले मन मनै, मनमनै, दिन दिनै, दिनदिनै गरी सरसर्ती शब्द पढ्दा अचम्म मान्नु पर्दैन । शैक्षिकसत्र सञ्चालन भएको सात–आठ महिनाको अवधिमा अक्षर सँगसँगै शब्द सरसर्ती पढ्न सिपालु भइसकेका छन् यहाँका विद्यार्थी । 

उनीहरु शब्दको विग्रह र समास गरी पढ्न रुचाउँछन् । कक्षा १ मा पढ्ने अन्यत्रका अधिकांश विद्यार्थी कखरा, बाह्रखरी, अ, आ, इ, ई र १, २, ३, पढ्नै मुस्किल हुने भए पनि पाल्पा जिल्ला चिदीपानी गाविसस्थित सौभाग्य माविको कक्षा १ का विद्यार्थीले भने सरसर्ती शब्द नै पढ्छन् । 

कक्षा १ का अर्का निलम आलेले दिन दिनै, दिनदिनै, पालै पालो, पालैपालो गर्दै सरसर्ती पढ्दैछन् । उनीहरू मात्र होइन, कक्षा १ मा पढ्ने छात्रछात्राले पालैपालो गरी पढ्ने र पढाउने काम हुन्छ । नेपाली विषयमा ९० मिनेटको कक्षा हुने, विद्यार्थी यसरी पढ्दा सजिलो भएको र बुझेको महसुस गर्ने नेपाली विषयकी शिक्षिका सावित्रा पहाडीले बताउनुभयो । 

रूम टु रिडले कक्षा १ र २ का नेपाली विषयका शिक्षकलाई तालिममा सहयोग गरेपछि उनीहरूले विद्यालयमा तालिमअनुसार नै पढाउन थालेपछि विद्यार्थीमा सुधार देखिएको हो । साक्षरता कार्यक्रमअन्तर्गत नेपाली विषयको पढ्ने सीप र पढ्ने बानीको विकास भएपछि अभिभावकसमेत खुसी देखिएका हुन् । 

रूम टु रिडका वरिष्ठ कार्यक्रम सहायक लालबहादुर खड्काले एकीकृत साक्षर कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका प्रावि तहमा पढ्ने सीप र पढ्ने बानीको विकास गरी बालबालिकालाई पुस्तकसँग खेल्ने बानीको विकास गर्ने बताउनुभयो । 

नेपाली पाठ्यक्रमका आधारमा नेपाली विषयको ‘वर्कबुक’ तयार गरी कक्षाकोठामा गृहकार्यसमेत हुँदै आएको छ । साना कक्षाका विद्यार्थीको पठनसीपको विकाससँगै पढने बानीको पनि विकास भएको हो । कक्षा २ का विद्यार्थी पुस्तकालयमा गएर पुस्तक रोजेर पढ्ने बानीको विकास भएको पुस्तकालय प्रमुख तथा शिक्षक हरिबहादुर कुँवरले बताउनुभयो । 

सन् २०१४ देखि पाल्पा जिल्लाका ५० विद्यालयका कक्षा २ सम्म साक्षरता कार्यक्रमअन्तर्गत नेपाली भाषा पठन सीप विकास कार्यक्रम चलिरहेको छ । सन् २०१७ मा पाल्पाका २५ विद्यालय छनौट कार्य चलिरहेको वेस नेपाल पाल्पाका कार्यक्रम संयोजक टेक ढेङ्गा बताउनुहुन्छ । 

यो कार्यक्रम सञ्चालन हुने विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म ७५ जना विद्यार्थी हुनुपर्छ । विद्यार्थीलाई परम्परागत क, ख, ग, …ज्ञ सम्म पठनपाठन नगरी क, न, म, ह, आ… गरी एक दिनमा एउटा मात्र अक्षर पढाउने गरेको खड्काको दाबी छ । 

यो सिकाइ पद्धतिमा पहिला अक्षरको सिकाइ, त्यसपछि छोटा शब्द, वाक्यको पठन सिकाइ हुँदै आएको छ । यस पद्धतिमार्फत पठनपाठन गर्न पाएपछि विद्यार्थी नियमितरूपमा विद्यालय हाजिर हुने र पठनपाठनमा बढी सक्रिय हुने विद्यालयको दाबी छ । 

विद्यालयका प्रअ गोविन्द न्यौपानेले यस विद्यालयमा कक्षा २ सम्म साक्षरता कार्यक्रम सञ्चालनपछि पठनपाठन गर्ने शैलीमा परिवर्तन देखिएको र कक्षा ५ सम्म यो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन