२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

२०७३, १२ फाल्गुन बिहीबार ०८:११

फागुन १२, पाल्पा । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । 

कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ । 

जिल्लाको पूर्वी भेगका रामपुर र गाडाँकोट स्रोतकेन्द्रका विद्यालयमा अनिवार्य रुपमा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग हुँदै आएको छ । शैक्षिक सामग्रीकै प्रयोगले यहाँका विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार भएको स्थानीय शिक्षक बताउँछन् । 

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको रामतुल्सी माध्यमिक विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । 

शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको पनि उहाँले बताउनुभयो । 

पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको रामतुल्सी मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता पाण्डे बताउनुहुन्छ । 

कक्षाकोठामा सबैले देख्ने ठाउँको भित्तामा पाठ प्रसङ्गअनुसार शैक्षिक सामग्री राखेर शिक्षण गरिँदै आएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । 

आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उहाँले बताउनुभयो । 

कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि यस क्षेत्रका विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हँुदै गएको गाडाँकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति शेषकान्त भट्टराई बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना