पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी/फागुन १२, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको चौथो जिल्ला अधिवेशनको लागी जिल्ला भित्र र जिल्ला बाहिर रहेका पत्रकारहरु सदरमुकाम खलंगामा भेला भएका छन ।

केहिबेर अगाडि जिल्ला विकास समिती सल्यानको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको प्रमुख आथित्यता रहेको थियो भने नेकपा एमाले सल्यनका नव निर्वाचित अध्यक्ष गोविन्द पुन, नेकपा माओबादिका डिल्लीराज शर्मा लगाएतको उपस्तिथी हेको थियो भने कार्यक्रमको भा अध्यक्ष पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनत कुमार शर्माले गरेका छन ।

अहिले बन्दशत्र जारी रहेको छ भने सचिव पुरुषेत्तम गिरी र कोषअध्यक्ष पवनकुमार वलीले समाजिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिरहेकेका छन ।

पत्रकार महासंघ सल्यानको कार्यसमितिमा को हुने भन्ने कुरा बन्शत्र पछाडी थाहा हुन्छ भने, सहमति बाट जाने की निर्वाचन बाट जाने भन्ने कुरा अहले नै टुङगो लागेको छैन ।