पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खौलाका विपन्न दलितलाई प्रहरी श्रीमती संघको सहयोग

१३ फाल्गुन २०७३, शुक्रबार ०३:५६

पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

विहिवार खौला गाविस ३ स्थित बाम्राका ५५ घरपरिवारले खाद्यान्न तथा कपडा प्राप्त गरेका      हुन् ।

संघकी अध्यक्ष महिमा बमले विपन्न दलितहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेकी थिइन् । नेपाल प्रहरी संगठनमा कार्यरत     प्रहरीहरुका श्रीमती आबद्ध भई संचालन गरेको सामाजिक संस्था नेपाल प्रहरी श्रीमती संघ हो । खौला गाविसका अधिकांस वडामा दलित, उत्पीडित र पिछडा समुदायको बसोबास रहदै आएको छ । 

कार्यक्रमकी प्रमुख अतिथि बमले आफ्नो संस्था एउटा सामाजिक संस्था भएकोले सानो सहयोग भए पनि गरौ भनी सामाजिक कार्यमा निरन्तर अगाडि बढेको बताईन् । आगामि दिनहरुमा समेत विपन्न वर्गलाई सहयोग गर्ने विश्वास समेत उनले व्यक्त       गरिन् ।

वितरण गरेको सामाग्रीहरुमा विस्कुट, चिउरा, चिनी र कम्मल थियो । सहयोग पाए पछि दलित विपन्न घरपरिवारका सदस्य हर्षित देखिन्थे । स्थानीयबासीको प्रतिनिधित्व गर्दै बोलेका सामाजिक कार्यकर्ता तिलक लामिछानेले संघको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पर्वतका     प्रहरी प्रमुख डि.एस.पी शेखर खनाल, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, उपाध्यक्ष प्रनिश गिरी,      प्रहरी नायव निरीक्षक नारायण       भण्डारी लगायत सर्वसाधारणको सहभागीता थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड