पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खौलाका विपन्न दलितलाई प्रहरी श्रीमती संघको सहयोग

२०७३, १३ फाल्गुन शुक्रबार ०३:५६

पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो ।

विहिवार खौला गाविस ३ स्थित बाम्राका ५५ घरपरिवारले खाद्यान्न तथा कपडा प्राप्त गरेका      हुन् ।

संघकी अध्यक्ष महिमा बमले विपन्न दलितहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेकी थिइन् । नेपाल प्रहरी संगठनमा कार्यरत     प्रहरीहरुका श्रीमती आबद्ध भई संचालन गरेको सामाजिक संस्था नेपाल प्रहरी श्रीमती संघ हो । खौला गाविसका अधिकांस वडामा दलित, उत्पीडित र पिछडा समुदायको बसोबास रहदै आएको छ । 

कार्यक्रमकी प्रमुख अतिथि बमले आफ्नो संस्था एउटा सामाजिक संस्था भएकोले सानो सहयोग भए पनि गरौ भनी सामाजिक कार्यमा निरन्तर अगाडि बढेको बताईन् । आगामि दिनहरुमा समेत विपन्न वर्गलाई सहयोग गर्ने विश्वास समेत उनले व्यक्त       गरिन् ।

वितरण गरेको सामाग्रीहरुमा विस्कुट, चिउरा, चिनी र कम्मल थियो । सहयोग पाए पछि दलित विपन्न घरपरिवारका सदस्य हर्षित देखिन्थे । स्थानीयबासीको प्रतिनिधित्व गर्दै बोलेका सामाजिक कार्यकर्ता तिलक लामिछानेले संघको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पर्वतका     प्रहरी प्रमुख डि.एस.पी शेखर खनाल, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, उपाध्यक्ष प्रनिश गिरी,      प्रहरी नायव निरीक्षक नारायण       भण्डारी लगायत सर्वसाधारणको सहभागीता थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना