पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेना दिवसको दिनमा रक्तदान

२०७३, १३ फाल्गुन शुक्रबार १०:२८

पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


गुल्मले सेना दिवसको अबसरमा गुप्तेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो । 


नेपाली सेना रण दल गुल्म पर्वतको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र रक्तसंचार सेवा केन्द्र पर्वतको सहयोगमा उक्त रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा नेपाली सेना रण दल गुल्मका गुल्म पति मदन जंग कार्की सहित १३ जवानहरुले रक्तदान गरेका थिए ।

 सो रगत धौलागिरी अंञ्चल अस्पताललाई प्राप्त हुने गरी नेपाल रेडक्रस सोसाइटी बाग्लुङ जिल्ला शाखाको अनुरोधमा बाग्लुङ पठाइएको छ । 


रक्तदान कार्यक्रमको प्रमुख अतिथि रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रक्तदाननै जिवन दान भएको भन्दै रक्तदान गर्नु जिवन दान गर्नु सरह भएको बताए । उनले शरिरमा रगत  हरेक सेकेन्डमा बन्ने र नष्ट हुने प्रक्रिया चलिरहेन भएकोले रक्तदान गर्देमा केहि नहुने भन्दै रक्तदानबाट स्वास्थ्यलाई कुनै खराबी नहुने    बताए । 


उनले भूकम्पको बेलामा सेनाले जिल्लामा गरेको उद्धार तथा राहत वितरण कार्यमा खेलेको भुमिकाको समेत स्मरण गरे । देशको सुरक्षाको लागि तैनाथ भएको नेपाली सेना मानविय सेवा र सामाजिक क्षेत्रमा समेत लागेर जिल्लामा विपदको समयमा समेत साथमा रहेको भन्दै आगामी दिनमा पनि सोही अनुसार साथ र सहयोगका मिल्नेमा विश्वास व्यक्त गरे ।


गुल्मपति सेनानी मदन जंग कार्कीले सेना दिवसको अबसरमा सेनाले गरेको कार्यक्रममा सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

सेना दिवसको अबसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गरेर यो दिवस मनाएको छ । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेकी छिन् भने नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरेकी छिन् ।  नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।


टुँडिखेलमा सेनाले  ् राइफल र तोपबाट महाशिवरात्रि बढाइँ  आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । 


सँगै विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरिएको छ। सामारेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख  ओनसरी घर्ती पनि सहभागी थिए।


समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो ।  समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गरे ।


 प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना