पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेना दिवसको दिनमा रक्तदान

१३ फाल्गुन २०७३, शुक्रबार १०:२८

पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । 


गुल्मले सेना दिवसको अबसरमा गुप्तेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो । 


नेपाली सेना रण दल गुल्म पर्वतको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र रक्तसंचार सेवा केन्द्र पर्वतको सहयोगमा उक्त रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा नेपाली सेना रण दल गुल्मका गुल्म पति मदन जंग कार्की सहित १३ जवानहरुले रक्तदान गरेका थिए ।

 सो रगत धौलागिरी अंञ्चल अस्पताललाई प्राप्त हुने गरी नेपाल रेडक्रस सोसाइटी बाग्लुङ जिल्ला शाखाको अनुरोधमा बाग्लुङ पठाइएको छ । 


रक्तदान कार्यक्रमको प्रमुख अतिथि रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रक्तदाननै जिवन दान भएको भन्दै रक्तदान गर्नु जिवन दान गर्नु सरह भएको बताए । उनले शरिरमा रगत  हरेक सेकेन्डमा बन्ने र नष्ट हुने प्रक्रिया चलिरहेन भएकोले रक्तदान गर्देमा केहि नहुने भन्दै रक्तदानबाट स्वास्थ्यलाई कुनै खराबी नहुने    बताए । 


उनले भूकम्पको बेलामा सेनाले जिल्लामा गरेको उद्धार तथा राहत वितरण कार्यमा खेलेको भुमिकाको समेत स्मरण गरे । देशको सुरक्षाको लागि तैनाथ भएको नेपाली सेना मानविय सेवा र सामाजिक क्षेत्रमा समेत लागेर जिल्लामा विपदको समयमा समेत साथमा रहेको भन्दै आगामी दिनमा पनि सोही अनुसार साथ र सहयोगका मिल्नेमा विश्वास व्यक्त गरे ।


गुल्मपति सेनानी मदन जंग कार्कीले सेना दिवसको अबसरमा सेनाले गरेको कार्यक्रममा सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

सेना दिवसको अबसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गरेर यो दिवस मनाएको छ । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेकी छिन् भने नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरेकी छिन् ।  नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।


टुँडिखेलमा सेनाले  ् राइफल र तोपबाट महाशिवरात्रि बढाइँ  आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । 


सँगै विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरिएको छ। सामारेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख  ओनसरी घर्ती पनि सहभागी थिए।


समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो ।  समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गरे ।


 प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने