पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।&nb"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैद्यनाथधाममा स्वास्थ्य शिबिर सम्पन्न, शय बढीले सेवा लिए

२०७३, १३ फाल्गुन शुक्रबार १२:५२


पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । 

महाशिबरात्री पर्वको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाम, न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जेसिज अछामको सयूक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य शिबिरमा एक सय भन्दा बढीले प्राथमिक उपचार तथा स्वास्थ्य सल्लाह लिएका बयालपाटा अस्पतालका डाक्टर अबिशेष वाग्लले बताउनु भयो । 

शिबरात्रीको अवसरमा बैद्यनाथ धाममा आउने श्रद्धालुभक्तजनहरुलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यलय अछामले जनाएको छ । मेलामा श्रद्धालुहरु लगायतको बाक्लो उपस्थिती हुने भएको त्यसलाई मध्यनजर प्राथमिक उपचारसंगै स्वास्थ्य शिक्षा शिबिरको आयोजना गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

यूवाहरुको नेतृत्व, व्यक्तीत्व विकासका साथै सामाजिक क्षेत्रमा पनि अछाम जेसिजले काम गर्दे आईरहेकोमा यसपटक जिल्लाका स्वास्थ्य संस्थासंग सहकार्य गर्दै शिबिर गरिएको जेसिज अछामका अध्यक्ष टिकेन्द्र भण्डारीले बताउनु भयो । आगामी दिनमा पनि जेसिज अछाम यस्तै विभिन्न सामाजिक अभियानका कार्यमा अग्रसर रहने समेत उहाँले बताउनु भयो । 

शिबिरमा बयालपाटा अस्पतालका, मडिकल निर्देशक, डाक्टर सन्तोष कुमार ढुंगाना, डाक्टर बिकाश गोचन, डाक्टर अबिशेष वाग्ले, एचए भुपेन्द्र अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय अछामका हिमाल ढुंगाना, राजन तिमिल्सेना, लक्ष्मिीनारायण पोखरेल, लक्ष्मणनाथी योगी, जेसिज अछामका अध्यक्ष लगायत पदाधीकारी समेतको सहभागिता रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी