पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा "/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

सफा गाउँ अभियानमा बालबालिका

१४ फाल्गुन २०७३, शनिबार ०४:३३

पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा गाविसमा रहेको नव ज्ञान ज्योति बालक्लबले “समाज सुधार हाम्रो शान, सरसफाइ अभियान हाम्रो काम” भन्ने मुल नाराका साथ आफ्नो गाउँ टोल सफा राख्ने अभियानमा जुटेको हो ।

बाच्छा ५  का झण्डै ३५ जना बालबालिकाहरु बालक्लबमा सांगठनिक भएर आफ्नो टोल तथा सार्वजनिक स्थलहरुको सरसफाइमा जुटेका हुन् । क्लबले आफ्नो पहिलो बार्षिक उत्सवका अबसरमा आयेजना गरेको विभिन्न नृत्य प्रतियोगिता मार्फत संकलन गरेको १५ हजार रुपैयाँबाट सार्वजनिक स्थलहरुमा ६ वटा सिमेन्टका फोहोर फाल्ने रिङ बनाएर राखेको हो । आजको सहारान्यूजमा खबर छ ।

समाजलाई सफा र स्वच्छ राख्नुको साथै समाजको विकासमा बालबालिकाको पनि सहभागीता हुनसक्छ, अबसर प्राप्त  गरे बालबालिकाहरु समाजलाई बदल्ने कामहरु गर्न सक्छन् भन्ने उदाहरण पेश गर्न सफल भएको बाल क्लब सहजिकरणकर्ता  मिरज कोइराला बताउँछन् ।

गाविसको विकासको लागि र सफा बाच्छा अभियानमा जुटेका बालबालिकाहरुबाट अन्य क्लब तथा सामजिक संघसंस्थाहरुले समेत अनुसरण गर्नुपर्ने देखिन्छ । समाज सुधारको लागि आफै जुट्नुपर्ने र अगाडि बढ्नुपर्ने सन्देश बालक्लबले प्रवाह गरेको छ । विसं २०७२ सालमा श्रीषा कार्कीको नेतृत्वमा  स्थापना भएको बालक्लबले आफ्नो गाउँ विकास समितिभित्रको वडा नं ५ को सरसफाई तथा सांस्कृतिक परम्परालाई समेत जर्गेना गर्नको लागि क्रियाशिल देखिएको छ ।

बाच्छा ५ अन्तरगत पर्ने कालीगण्डकी लोकमार्ग बृहत सरसफाइ गरिसकेको क्लबले आगामी दिनमो सचेतनामुलक नाटक पदर्शन गर्नुको साथै सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने क्लबकी अध्यक्ष श्रीषा कार्की बताउँछिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर