फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रति"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेपाल पत्रकार महासंघकी केन्द्रिय प्रतिनिधि रोल्पाबाट बेखवर

१४ फाल्गुन २०७३, शनिबार ०५:४३


फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रतिनिधि (सचिव संगीता खड्का) शुक्रबार दिउसो ३ बजेदेखि बेखवर हुनुभएको छ । 

महासंघको अधिवेशन सम्पन्न गर्नकालागि बिहिबार दिउसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहिबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रकृयाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रकृया शुरुहुनु अगाडि नै उहाँ बेखवर हुनुभएको हो । दिउसो करिव २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि  शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उहाँ हुुनुहुन्छ भन्ने बारेमा कुनैकिसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन ।

उहाँ मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उहाँ बसेको होटेल (सदरमुकाम स्थित भट्ट गेष्ट हाउस ) लगायत जिल्लाका अन्य केही होटेलहरुमा खोजीगरी पत्ता लगाउन नसकेपछि सो टोली राती ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, प्रेस सेन्टर नेपाल रोल्पा र क्रान्तिकारी पत्रकार संगठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिहरुले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै  निर्वाचन प्रकृया अगाडी नवढाई निर्वाचन समितिलाई समेत जानकारी नदिई रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको  छ ।

विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय समितिको सचिव तथा केन्द्रीय प्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको यस्तो गैर जिम्मेवार कार्यले नेपाल  पत्रकार महासंघको प्रतिष्ठा माथि नै ठेस लगाउने कार्य भएको हाम्रो ठहर छ । 

अमुक संगठनलाई पक्षपोषण गर्दै आउदा समेत जित सुनिश्चित हुने नदेखे पछि रातारात भागेर गएको कार्य कम भत्र्सनायोग्य विषय होइन । महासंघको आवधिक  निर्वाचनवाट आन्तरिक लोकतन्त्र मजवुद वनाउने गरि जिल्लाभरवाट आएका १०४ जना प्रतिनिधिहरुलाई समेत निरास वनाउने गरि केन्द्रीय प्रतिनिधिवाट भएको हर्कत अझै निन्दनीय विषय हो भन्ने हाम्रो ठहर छ । महासंघको प्रतिष्ठालाई अझै उचाईमा पु¥याउने गरि न्यायको पक्षमा उभिएको हाम्रो गठवन्धन आगामी दिनमा अझै एकतावद्ध भएर अघि वढ्दै सवै प्रकारका अतिवादलाई परास्त गर्ने प्रतिवद्धता समेत यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौ ।”

 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट