फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रति"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेपाल पत्रकार महासंघकी केन्द्रिय प्रतिनिधि रोल्पाबाट बेखवर

२०७३, १४ फाल्गुन शनिबार ०५:४३


फागुन १४, रोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय जिम्मेवारी लिएर रोल्पा आएकी महासंघकी केन्द्रिय प्रतिनिधि (सचिव संगीता खड्का) शुक्रबार दिउसो ३ बजेदेखि बेखवर हुनुभएको छ । 

महासंघको अधिवेशन सम्पन्न गर्नकालागि बिहिबार दिउसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहिबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रकृयाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रकृया शुरुहुनु अगाडि नै उहाँ बेखवर हुनुभएको हो । दिउसो करिव २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि  शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उहाँ हुुनुहुन्छ भन्ने बारेमा कुनैकिसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन ।

उहाँ मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उहाँ बसेको होटेल (सदरमुकाम स्थित भट्ट गेष्ट हाउस ) लगायत जिल्लाका अन्य केही होटेलहरुमा खोजीगरी पत्ता लगाउन नसकेपछि सो टोली राती ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, प्रेस सेन्टर नेपाल रोल्पा र क्रान्तिकारी पत्रकार संगठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिहरुले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै  निर्वाचन प्रकृया अगाडी नवढाई निर्वाचन समितिलाई समेत जानकारी नदिई रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको  छ ।

विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय समितिको सचिव तथा केन्द्रीय प्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको यस्तो गैर जिम्मेवार कार्यले नेपाल  पत्रकार महासंघको प्रतिष्ठा माथि नै ठेस लगाउने कार्य भएको हाम्रो ठहर छ । 

अमुक संगठनलाई पक्षपोषण गर्दै आउदा समेत जित सुनिश्चित हुने नदेखे पछि रातारात भागेर गएको कार्य कम भत्र्सनायोग्य विषय होइन । महासंघको आवधिक  निर्वाचनवाट आन्तरिक लोकतन्त्र मजवुद वनाउने गरि जिल्लाभरवाट आएका १०४ जना प्रतिनिधिहरुलाई समेत निरास वनाउने गरि केन्द्रीय प्रतिनिधिवाट भएको हर्कत अझै निन्दनीय विषय हो भन्ने हाम्रो ठहर छ । महासंघको प्रतिष्ठालाई अझै उचाईमा पु¥याउने गरि न्यायको पक्षमा उभिएको हाम्रो गठवन्धन आगामी दिनमा अझै एकतावद्ध भएर अघि वढ्दै सवै प्रकारका अतिवादलाई परास्त गर्ने प्रतिवद्धता समेत यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौ ।”

 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना