सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको पत्रकारीताको इतिहास फेरीयो: अध्यक्ष राना

२०७३, १४ फाल्गुन शनिबार ११:०७


सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । 

अघिल्ला अधिवेशनहरुमा कोहि बाहिर कोहि भित्र रहेको भन्दै यसपटक साझ ाबनेको उहाँले बताउनु भयो । साथै उहाँले पत्रकार महासंघ प्यूठानले पत्रकारका हक हितलाई तथा पत्रकारीता पेशालाई मर्यादित बनाइने स्पष्ट पार्नुभयो । 

शनिवार महांघको सभाहलमा पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रानाले आफ्नो कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष गिरु प्रसाद भण्डारीले प्यूठानी पत्रकारको संख्यामा भएको परिवर्तनलाई व्यासायिकता तर्फ अगाडि बढाउन नयाँ कार्य समितिलाई सुझाव दिनुभयो । 

पत्रकार महासंघ प्युठानको बिहिबार सम्पन्न छैठौं अधिवेशनले महाविर रानाको अध्यक्ष्यतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको थियो । जसको उपाध्यक्ष एल बि थापा समावेशी उपाध्यक्ष वसन्ता भट्ट, सचिव बिजय सिँह भारती, सह सचिव हरि भण्डारी, समावेशी सह सचिव राधिका भुसाल, सदस्यहरुमा केशर रोका, प्रज्वल पहाडी, शान्ता लामा, राम बहादुर बि क, सलिम अन्सारी र नर्मदा भट्टलाई चयन गरेको थियो ।

अधिवेशनले १६ जना प्रदेश पार्षद सर्वसम्मत रुपमा चयन गरेको थियो । जसमा सञ्जय रिजाल, श्रीधर भट्टराइ, मधुसुदन भण्डारी, हेमराज खनाल, शिवा रेग्मी, शुसिल श्रेष्ठ (सुजल), कमल बि क, प्यारअलि खान, नवराज आचार्य, प्रकाश बैद्य, नोमराज पौडेल, अग्नीधर चन्द, यादब पौडेल,जायश्वर जैसी, बोम बहादुर परियार रहनु भएको छ ।

त्यसैगरी मेघराज भट्ट, इमान सिंह भारती, सुशिल पोख्रेल, राम प्रसाद आचार्य, गिरु प्रसाद भण्डारी कृष्णराज पाण्डे, प्रमोद पोख्रेल, दिपक भण्डारी, जुमान सिंह के सी, तुफान अधिकारी, बासुदेव गिरी, र दिपा घर्ति केन्द्रिय पार्षदमा चयन हुनुभएको थियो । 

महासंघका निर्वतमान अध्यक्ष गिरु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी छैठौ अधिवेशनका निर्वाचन अधिकृत डा. शिवराज पण्डीत र सञ्चालन निर्वतमान कोषध्यक्ष प्रकाश बैद्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना