सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको पत्रकारीताको इतिहास फेरीयो: अध्यक्ष राना

१४ फाल्गुन २०७३, शनिबार ११:०७


सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ । 

अघिल्ला अधिवेशनहरुमा कोहि बाहिर कोहि भित्र रहेको भन्दै यसपटक साझ ाबनेको उहाँले बताउनु भयो । साथै उहाँले पत्रकार महासंघ प्यूठानले पत्रकारका हक हितलाई तथा पत्रकारीता पेशालाई मर्यादित बनाइने स्पष्ट पार्नुभयो । 

शनिवार महांघको सभाहलमा पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रानाले आफ्नो कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष गिरु प्रसाद भण्डारीले प्यूठानी पत्रकारको संख्यामा भएको परिवर्तनलाई व्यासायिकता तर्फ अगाडि बढाउन नयाँ कार्य समितिलाई सुझाव दिनुभयो । 

पत्रकार महासंघ प्युठानको बिहिबार सम्पन्न छैठौं अधिवेशनले महाविर रानाको अध्यक्ष्यतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको थियो । जसको उपाध्यक्ष एल बि थापा समावेशी उपाध्यक्ष वसन्ता भट्ट, सचिव बिजय सिँह भारती, सह सचिव हरि भण्डारी, समावेशी सह सचिव राधिका भुसाल, सदस्यहरुमा केशर रोका, प्रज्वल पहाडी, शान्ता लामा, राम बहादुर बि क, सलिम अन्सारी र नर्मदा भट्टलाई चयन गरेको थियो ।

अधिवेशनले १६ जना प्रदेश पार्षद सर्वसम्मत रुपमा चयन गरेको थियो । जसमा सञ्जय रिजाल, श्रीधर भट्टराइ, मधुसुदन भण्डारी, हेमराज खनाल, शिवा रेग्मी, शुसिल श्रेष्ठ (सुजल), कमल बि क, प्यारअलि खान, नवराज आचार्य, प्रकाश बैद्य, नोमराज पौडेल, अग्नीधर चन्द, यादब पौडेल,जायश्वर जैसी, बोम बहादुर परियार रहनु भएको छ ।

त्यसैगरी मेघराज भट्ट, इमान सिंह भारती, सुशिल पोख्रेल, राम प्रसाद आचार्य, गिरु प्रसाद भण्डारी कृष्णराज पाण्डे, प्रमोद पोख्रेल, दिपक भण्डारी, जुमान सिंह के सी, तुफान अधिकारी, बासुदेव गिरी, र दिपा घर्ति केन्द्रिय पार्षदमा चयन हुनुभएको थियो । 

महासंघका निर्वतमान अध्यक्ष गिरु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी छैठौ अधिवेशनका निर्वाचन अधिकृत डा. शिवराज पण्डीत र सञ्चालन निर्वतमान कोषध्यक्ष प्रकाश बैद्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर