फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मना"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा चैतलो नाँच सुरु

१४ फाल्गुन २०७३, शनिबार १२:४९


फागुन १४, सिमकोट । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाँच शुरु भएको छ ।

 हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मनाइने चैतलो नाच नाच्न शुरु भएको हो । सबै महिला विषेश प्रकारको पोषाकमा सजिएका महिलाले चैतालो नाच सिमकोटको चौपाणी र ठेहेको भुवाखाडामा नाचिरहेका छन । 

स्थानीय विवाहित महिलाले आफना श्रीमानको दिघार्यू र घरका सबैको सुस्वास्थ्यको कामना गर्दे हिजो बिहान देखि चैतलो रानीको भेषमा उक्त नाच नाचिरेको सिमकोटकी स्थानीय अम्मकला रावतले बताएकी छन । रावतले  वर्षको एक पटक घरमा मुली अर्थात श्रीमानको दिर्घायुका लागि यो पर्व परापूर्व काल देखि मनाइने गरिएको छ । 

हरेक वर्ष  फागुन १२ गते देखि शुरु हुने चैतालो नाचका लागि पहेंलो रंगको फरक कपडामा सजिएर सबै महिलाले सामुहकि चैतलो नाच नाचिरहेका छन । हिउँदको समय सकिएर वर्षाको शुरुवातमै वर्षभरी घरमा र गाउँमा राम्रो होस भनेर देवतासँग नाच र गित मार्फत पथना गर्ने पर्वका रुपमा मनाइएको बताएकी सिमकोटकै ६६ वर्षिय अम्मकलाले भनिन “सिमकोट र ठेहेमा नाचिने यो नचामा सबै भन्दा पहिलो स्थानीय स्तरमा मनाईने सबै  देवताको झाक्री सेवा गरेर पछि गाउँका जानमान र आफना श्रीमानको भलाईमा आधारित रहेर चैतलो गित गाउँदै नाच्ने गरिन्छ । यो नाच हुम्लाका २ वटा गाउँमा मात्रै नाचिने गरिन्छ ।” 

फागुनको शुरुवातमै पहेँलो पोसाकमा नाचिने यो नाच नाचेमा रोग, ब्यादी केहीले पनि आक्रमण गर्न नसक्ने भएकाले पनि चैतलोमा सबै महिलाले एकनासको पहेँलो कपडा लागउने गरेको सिमकोट २ की ५५ वर्षिय गुइयाला रावतले बताएकी छन ।

  फगुन १२ गते  देखि शुरु भएको यो नाच नाच्नका विवाहति महिलाले बिहान ५ बजे उठेर नुहाउने र शुरुमा देवताको त्यसपछि श्रीमानका खुट्टामा ढोगेर अन्य मान्यजनको हातबाट टिका थापेर आश्रिवाद लिएपछि खिरको खाना खाने गरएको छ । गुइयाला रावतले बताएकी छन । उनले भनिन ।

विस्तारै आधुनिकताका नाममा परिस्किृत र लोभ हुँदा गएको यो नाचमा गाउने गित र नाचको स्टाइल बिर्सदै गएपछि स्थानीय बुढापाकाले यसको संरक्षणका लागि चिन्ता व्यक्त गरेको ठेहेका प्रकाश सुनारले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह