पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए । 
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

तोकिएकै मितिमा चुनाव हुन्छ ः नेपाल

१५ फाल्गुन २०७३, आईतवार ०८:५१

पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए । 

प्रेस चौतारी पर्वतले शनिबार सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले चुनाव गराउनकै लागि सरकार गठन भएको र तोकिएको मिति र समयमै चुनाव हुनेमा विश्वस्त हुन उनले आग्रह गरे । 

नेता नेपालले सरकारले स्थानीय तहको निर्वाचनको लागि मिति तय गरेर सकरात्मक सन्देश दिएको बताएता पनि संविधान संशोधनको विषयमा भने उनी रुष्ट देखिन्थे । नेता नेपालले संविधान संशोधनको समय नभएको भन्दै सवै दलहरु सहमतिय आधारमा निर्वाचनमा जाने बेला भएको बताए ।

उनले मोर्चाले संविधान संशोधनको नाउमा आन्दोलन गर्न बन्द गर्नुपर्ने बताए । संविधान संशोधन कुनै पनि हालतमा नहुने भन्दै उनले आफ्नो पक्षमा ९ वटा साना दल रहेको भन्दै सरकार मोर्चाको पक्ष लिएर प्रतिपक्ष सहितका ९ दललाई बाइपास गर्न नसक्ने औलाए ।

स्थानीय तहको चुनावका लागि मधेसी मोर्चा पनि अग्रहसर हुनुपर्नेमा उनको जोड थियो ।

डा. बाबुराम भट्टराई १० दिन चुनावको मिति सारेमा आँपूmले मधेशी दलहरुको जिम्मा लिने अनि सर्वपक्षीय सरकार बनाएर चुनावको सम्भावना छ की छैन ? भनी पत्रकारले सोधेको प्रश्नमा नेता नेपालले, संसद छोडी भागेको मान्छेलाई कसैले जिम्मा लगाएर नपठाएको हुँदा डा. भट्टराईको कुराको पछाडि नलाग्न अनुरोध अनुरोध गरे । 

उनले भट्टराईले विभिन्न राजनीतिक पार्टीले कारवाही गरेका नेताहरुलाई जोडेर नयाँ शक्तिको नाउमा देशलाई अबरोध पु¥याउन खोजेको आरोप लगाए । नयाँ शक्ति नेपालको काम अनुसार काम नभएको उनले तर्क गरे । बाबुरामसँग देश प्रतिको जिम्मेवारी, राष्ट्रियता प्रति माया हुन्थ्यो भने संसद छोडेर भाग्ने थिएनन् । उनी हारेका खेलाडी हुन् । केहि गर्न सक्दैनन् । उनले भने ।

नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले देशमा भ्रष्टचार मौलाएको र त्यसको जिम्मेवार अर्थात भष्टाचारी भित्र माधव नेपाल समेत पर्नुहुन्छ भनेर गम्भीर प्रश्न गर्दा उनले सकरात्मक सोचको आवश्यकता भन्दै उत्तर दिए ।

उनले देशमा भ्रष्टाचार भएको  अर्थात् रहेको स्वीकार गरे तर तपाइ पनि पर्नुुहुन्छ भन्ने प्रश्नमा भने उनले त्यस्तो बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर