१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको शिशुकल्याण बिद्यालयमा तनाव

१५ फाल्गुन २०७३, आईतवार १६:११

शम्सेर विक्रम जि.सी/फागुन १५, प्यूठान । शिशुकल्याण आधारभुत बिद्यालय पकलामा शिक्षक नियुक्तीको बिषयमा बिबादहुदा बिद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ । 

जिल्ला शिक्षा कार्यालय प्यूठान मार्फत बिद्यालयका लागि प्राप्त भएको एक जना राहात शिक्षक पदमा २ जना शिक्षक नियुक्त गर्नखोज्दा विबाद बढेको हो । तत्कालिन समयमा बिद्यालय ब्यबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला थापालाई शिक्षकको रुपमा नियुक्त गरेको थिय । तर सोहि समयमा ब्यबस्थापन समितिका अध्यक्ष शेरवहादुर वोहोरा र प्राधानाध्यापक बिरचन्द्र केसीले सिता थापालाई परिक्षा नलिई राहात शिक्षकमै नियुक्त गर्ने निणर्य गर्नाले अहिले बिबाद देखिएको छ । 

ब्याबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला र ब्यास्थापनको निर्णयका आधारमा सितालाई शिक्षकका रुपमा नियुक्तगर्दा हाल समस्या आएको बिद्यालयका स्रोत ब्यक्ति नरेन्द्र सुवेदिले वताउनु भयो । 

बिद्यालयमा शिक्षक नियूक्तीको बिषयमा लामो समय देखि बिबाद देखिदा छानविन समिति समेत गठन भएको थियो । तर छानविन समितिले समस्याको समाधान गर्न नसक्दा शिक्षक नियुक्तीको बिषय अहिले जिल्ला शिक्षा कार्यालयमा उजुरिका रुपमा आएको छ । 

बिद्यालयले  राहात शिक्षकको रुपमा मनकला र सिता दुबैलाई राख्दै अहिले प्राप्त तलव आधा÷आधा बाढेर खुवाउदै आएको थियो । बिद्यालयमा शिक्षक नियुक्ती प्रकृयामै बिबाद रहेकाले अहिले थप तिव्र बिबाद भएको हो । बिद्यालयको समस्या समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालय प्यूठानमा आज छलफल भएपनि जिल्ला शिक्षा कार्यालयले कुनै निष्कर्ष निकाल्न सकेको छैन । 

बिद्यालयमा तिव्र विवाद देखिएपछि विद्यालयले दुबै शिक्षकलाई अहिले निकालेको छ । तर विद्यालयमा पुनर वहालिका लागि र कामगर्न पाउ भन्दै शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताउनु भयो । बिद्यालयको समस्या समाधान गर्न आज छलफल गरेपनि शिक्षा कार्यालयले कुनै निर्णय लिन सकेको छैन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर