२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको शिशुकल्याण बिद्यालयमा तनाव

२०७३, १५ फाल्गुन आईतवार १६:११

शम्सेर विक्रम जि.सी/फागुन १५, प्यूठान । शिशुकल्याण आधारभुत बिद्यालय पकलामा शिक्षक नियुक्तीको बिषयमा बिबादहुदा बिद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ । 

जिल्ला शिक्षा कार्यालय प्यूठान मार्फत बिद्यालयका लागि प्राप्त भएको एक जना राहात शिक्षक पदमा २ जना शिक्षक नियुक्त गर्नखोज्दा विबाद बढेको हो । तत्कालिन समयमा बिद्यालय ब्यबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला थापालाई शिक्षकको रुपमा नियुक्त गरेको थिय । तर सोहि समयमा ब्यबस्थापन समितिका अध्यक्ष शेरवहादुर वोहोरा र प्राधानाध्यापक बिरचन्द्र केसीले सिता थापालाई परिक्षा नलिई राहात शिक्षकमै नियुक्त गर्ने निणर्य गर्नाले अहिले बिबाद देखिएको छ । 

ब्याबस्थापन समिति र प्राधानाध्यापकले बिज्ञापन खुल्ला गरि मनकला र ब्यास्थापनको निर्णयका आधारमा सितालाई शिक्षकका रुपमा नियुक्तगर्दा हाल समस्या आएको बिद्यालयका स्रोत ब्यक्ति नरेन्द्र सुवेदिले वताउनु भयो । 

बिद्यालयमा शिक्षक नियूक्तीको बिषयमा लामो समय देखि बिबाद देखिदा छानविन समिति समेत गठन भएको थियो । तर छानविन समितिले समस्याको समाधान गर्न नसक्दा शिक्षक नियुक्तीको बिषय अहिले जिल्ला शिक्षा कार्यालयमा उजुरिका रुपमा आएको छ । 

बिद्यालयले  राहात शिक्षकको रुपमा मनकला र सिता दुबैलाई राख्दै अहिले प्राप्त तलव आधा÷आधा बाढेर खुवाउदै आएको थियो । बिद्यालयमा शिक्षक नियुक्ती प्रकृयामै बिबाद रहेकाले अहिले थप तिव्र बिबाद भएको हो । बिद्यालयको समस्या समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालय प्यूठानमा आज छलफल भएपनि जिल्ला शिक्षा कार्यालयले कुनै निष्कर्ष निकाल्न सकेको छैन । 

बिद्यालयमा तिव्र विवाद देखिएपछि विद्यालयले दुबै शिक्षकलाई अहिले निकालेको छ । तर विद्यालयमा पुनर वहालिका लागि र कामगर्न पाउ भन्दै शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताउनु भयो । बिद्यालयको समस्या समाधान गर्न आज छलफल गरेपनि शिक्षा कार्यालयले कुनै निर्णय लिन सकेको छैन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना