पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । "/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न

१६ फाल्गुन २०७३, सोमबार ०५:२३

पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल थिए । जिशिअ पौडेलले नीजि विद्यालयले शिक्षा क्षेत्रका पुराएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीजि र सामुदायिक विद्यालयले एकआपसमा राम्रा पक्षलाई सिको      गरी अगाडि बढ्नुपर्ने बताए ।

नीजि क्षेत्रले जस्तै गरी जिल्लामा सामुदायिक विद्यालयहरुमा पनि अभिभावकको चाहना बमोजिम अंग्रेजी विषयमा पठनपाठन गर्ने अभ्यास गरिन थालेको जिशिअ पौडेलले बताए । 

पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा पढाउन छाडेर अभिभावकहरुले नीजि प्रति महत्व दिनुको खास कारण नीजि विद्यालयका संचालकहरुले बढी मिहिनेत गर्नु हो ।

नीजि विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक धेरै जसो खाडी मुलुक गएका छन् । ती अभिभावकको वास्तविक मर्मलाई नीजि विद्यालयले बुझ्दै शुल्क कम गर्ने र पठनपाठन प्रति अझ बढी इमान्दारितापूर्वक लाग्नुपर्नेमा उपाध्यक्ष गिरीको तर्क थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल तथा धौलागिरि क्याम्पस बाग्लुङका उपप्राध्यापक    बलराम पौडेलले अभिभावकको भावनाप्रति कहिल्यै खेलवाड नगर्ने र नाफा मात्र नखोजेर विद्यार्थीको शिक्षामै बढी जोड दिनेतर्फ व्यवस्थापन समिति र शिक्षक लागिरहने विश्वास दिलाए । सो कार्यक्रममा प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य, बालशिक्षा सदन विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कक्षामा उत्कृष्ठ अंक ल्याई पास हुने विद्यार्थी र अतिरिक्त क्रियालापहरुमा सहभागी भई प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा सहारान्यूज दैनिकका अतिथि सम्पादक भूमिराज शर्मा, छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधि, समाजसेवी, अभिभावहरुको उल्लेख्य सहभागीता थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर