<p><img src="http://sajhasabal.com/uploads/posts/b222f33241c77019ecb69e3998a93f161488180897.jpg" style="width: 480px; float: left;">फागुन १६, मकवानपुर | धरान-चतरा सडक अन्तर्गत हटिया खण्डमा टेन्डर सम्झौता भएको २ बर्ष हुँदापनि सडक ब्यस्त पारेको भन्दै स्थानिय विरोधमा उत्रिएका छन् । <br></p><p>दुई बर्षदेखी निर्माण गर्न खाल्डा बनाएपनि अहिले सम्म पुरा नगरेको र घर अगाडी खाल्डा बनाएर मात्र छाडेको भन्दै सडक अबरुद्ध पारेर स्थानियले विरोध जनाएका हुन् । स्थानियले गरेको सडक अबरुद्धका कारण सयौँ सवारी साधान रोकिएका छन् । प्रहरीले स्थानियलाई हटाएर सडक खुलाउने प्रयास गरेपनि केहि समय झडप पनि भएको थियो । </p><p>सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न र शिवम शिमेन्टले सयौको संख्यामा गाडी गुडाउने गरेको र सडक धुलाम्मे बनाएको भन्दै दैनिक सडकमा पनि हाल्नुपर्ने पनि माग रहेको गरेको स्थानिय रामकृष्ण तिवारीले बताउनु भएको छ। </p>
