कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सांस्कृतिक कार्यक्रम सहित ३५औँ मगर दिवस बुर्तिबाङमा सम्पन्न (फोटोफिचर)

१६ फाल्गुन २०७३, सोमबार १४:२२


कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । 

शिक्षा, राजनिती, अर्थ एबं पहिचान र संस्कृति हाम्रो आबश्यकता, एकीकृत मगरात स्वयत्त प्रदेश प्राप्तिका लागि आपसी सद्भाव सहितको मगर एकता भन्ने नारा सहित आयोजना गरिएको दुई दिने कार्यक्रम अन्तरगत आज सांस्कृतिक प्रश्तुति रहेको थियो । 


कार्यक्रममा आज चर्चित कलाकार जुना श्रीस, कुमार पुन, तिर्सना घर्ती र हाँस्यकलाकार निर आले तथा कमल गाउँलेले आफ्नो प्रश्तुति दिनुभएको थियो । सो अबसरमा स्थानिय मगर संस्कृतिमा आधारित मायाँली, सोरठि, कौडा, सालैजो, मारुनी, मगर बाजा लगायतका गित तथा नाच प्रश्तुत गरिएको थियो । 

हिजो माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले उद्घाटन गरेको कार्यक्रममा प्रमुख अतिथि सहित मगर समुदायबाट विभिन्न क्षेत्रमा सक्रिय रहेर योगदान गर्नुभएका २ दर्जन बढि व्यक्तित्वलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको समाजका उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो । 


उपराष्ट्रपति नन्दबहादुर पुनको लागि नागरिक अभिनन्दन पत्र, मायाँको चिनो, मगर भेषभुषा अनुसारको स्थानिय रुपमा तयार गरिएको पोसाक सहितको सम्मान सामग्री उहाँका स्वकिय सचिव सुकबहादुर रोका मार्फत पठार्ईएको छ । 

उपराष्ट्रपति पुनद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेपनि उहाँको शारीरिक अस्वस्थाताका कारण आउन नसकेपछि माओवादी नेता बादलबाट कार्यक्रम उद्घाटन भएको थियो । 


हिजो कार्यक्रममा मगर पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा बरिष्ठ पत्रकार तथा विश्लेषक भावनी बराल लगायतका विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्नुभएको थियो । 

आज भएको सांस्कृतिक तथा सांस्कृतिक कार्यक्रममा दिनभर दर्शकको भिड लागेको थियो ।

कार्यक्रम मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता र सहसचिव सुनिल घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह