कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सांस्कृतिक कार्यक्रम सहित ३५औँ मगर दिवस बुर्तिबाङमा सम्पन्न (फोटोफिचर)

२०७३, १६ फाल्गुन सोमबार १४:२२


कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ । 

शिक्षा, राजनिती, अर्थ एबं पहिचान र संस्कृति हाम्रो आबश्यकता, एकीकृत मगरात स्वयत्त प्रदेश प्राप्तिका लागि आपसी सद्भाव सहितको मगर एकता भन्ने नारा सहित आयोजना गरिएको दुई दिने कार्यक्रम अन्तरगत आज सांस्कृतिक प्रश्तुति रहेको थियो । 


कार्यक्रममा आज चर्चित कलाकार जुना श्रीस, कुमार पुन, तिर्सना घर्ती र हाँस्यकलाकार निर आले तथा कमल गाउँलेले आफ्नो प्रश्तुति दिनुभएको थियो । सो अबसरमा स्थानिय मगर संस्कृतिमा आधारित मायाँली, सोरठि, कौडा, सालैजो, मारुनी, मगर बाजा लगायतका गित तथा नाच प्रश्तुत गरिएको थियो । 

हिजो माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले उद्घाटन गरेको कार्यक्रममा प्रमुख अतिथि सहित मगर समुदायबाट विभिन्न क्षेत्रमा सक्रिय रहेर योगदान गर्नुभएका २ दर्जन बढि व्यक्तित्वलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको समाजका उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो । 


उपराष्ट्रपति नन्दबहादुर पुनको लागि नागरिक अभिनन्दन पत्र, मायाँको चिनो, मगर भेषभुषा अनुसारको स्थानिय रुपमा तयार गरिएको पोसाक सहितको सम्मान सामग्री उहाँका स्वकिय सचिव सुकबहादुर रोका मार्फत पठार्ईएको छ । 

उपराष्ट्रपति पुनद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेपनि उहाँको शारीरिक अस्वस्थाताका कारण आउन नसकेपछि माओवादी नेता बादलबाट कार्यक्रम उद्घाटन भएको थियो । 


हिजो कार्यक्रममा मगर पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा बरिष्ठ पत्रकार तथा विश्लेषक भावनी बराल लगायतका विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्नुभएको थियो । 

आज भएको सांस्कृतिक तथा सांस्कृतिक कार्यक्रममा दिनभर दर्शकको भिड लागेको थियो ।

कार्यक्रम मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता र सहसचिव सुनिल घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा