दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

किशोर किशोरीका लागि सम्भव, २० गाविसमा विस्तार

२०७३, १६ फाल्गुन सोमबार १४:४८


दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जिल्ला थप १० वटा गाविसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ । 

दश वटा गाविसमा काम गर्दै आइरहेको परियोजनाले परियोजनाको प्रभावकारीता र जिल्लाका सरोकारवालाहरुको रायसूझाबका आधारमा थप १० वटा गाविसमा आफ्नो कार्यक्रम विस्तार गरेको हो ।

जिल्ला परियोजना समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको संयोजकत्वमा आज जिल्ला सदरमुकाम मान्ममा आयोजित परियोजनाको परियोजनात्मक कार्यशाला गोष्ठीमा  जिल्लाका थप १० गाविस खिन, धौलागोह, थिर्पू, मान्म, भर्ता, गेला, पाखा, छाप्रे, राचुली र जुविथाका मावि विद्यालयमा कार्यक्रम विस्तार गरिएको बताउदै किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले यो परियोजनाले विद्यालयमा रहेका किशोर किशोरीहरुको क्षमता विस्तार तथा नेतृत्व विकासमा टेवा पुगाएको बताउनु भएको छ ।

यूनिसेफ नेपालको आर्थिक सहयोग रेसलेस डेप्लोमेण्टको प्राविधिक सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा संचालित परियोजनाले सिमान्तकृत बर्गका किशोरकिशोरीलाई नियमित विद्यालयमा उपस्थिति गराउने तथा उनीहरुलाई सामाजिक समाबेशीकरणमा अग्रसर गराउने, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने खालका कार्यक्रम संचालन गरिरहेको रेसलेस डेप्लोमेण्टका प्रतिनिधि निराजन चौधरीले बताउनु भएको छ । 

सम्भव परियोजनामा रेसलेसले गरेको प्राविधिक सहयोग बारे प्रकास पार्दै चौधरीले यस्तो बताउनु भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता, डिसपी योगेन्द्र कुमार खड्काको विशेष आथित्यता आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णु तिवारी, निमित्त महिला विकास अधिकारी सविता राणा, आरआरएनका जिल्ला संयोजक लिलाराज न्यौपाने, पत्रकार महासंघका उपाध्यक्ष पवित्र कुमार शाही लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि पत्रकार नागरिक समाजको उपस्थितिमा संचालित परिचयात्मक कार्यक्रमको सहजीकरण किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले गर्नु भएको छ । यसै गरी परियोजनाबारे परियोजना संयोजक मनलाल जैसीले प्रकास पार्नु भएको छ भने कार्यक्रमको शुभकामना परियोजना अधिकृत सिता नेपालीले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना