कृष्ण कँडेल/फागुन १७, बागलुङ । देविस्थानको वडा नम्बर–९ खाडुमा स्थानिय विकास विषयमा स्थानिय सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ ।
"/>

सो अबसरमा भएको भेलाले देविस्थानको खाडुमा पर्ने मध्यपहाडीलोक मार्गबाट निसीखोला तरेर ढोरपाटन सम्म पुग्नको लागि मोटरेबल पुल निर्माणको लागि माग गर्ने निर्णय गरेको छ ।
पुल निर्माणको लागि पहल गरिदिन नेपाली काँग्रशका क्षेत्रीय सभापती द्रोर्णकुमार कुँवरलाई निवेदन सहित आग्रह गरिएको काँग्रेश देविस्थानका सचिव चन्द्रसिंह राम्जालीले जानकरी दिनुभयो ।
कार्यक्रममा काँग्रशका क्षेत्रीय सभापती कुँवरले पुल निर्माणका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय विकासको कार्यमा आफुले निरन्तर पहल गर्ने भन्दै स्थानिय माग र अवश्यकताको बारेमा नियमित रुपमा जानकारी गराउन आग्रह गर्नुभयो ।
सो कार्यक्रममा माओवादी केन्द्रका वीरबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका डिलबहादुर कार्कीले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्रबहादुर मल्लको अध्यक्षता र सचिव चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएकमो थियो ।