१६ फागुन । कुश्मा, पर्वत । विद्यालयमा अध्ययनरत छात्राहरुले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छोड्ने गरेको खबरहरु आइरहने गरेको समयमा उनीहरुलाई घरेलुस्तरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १६ फागुन । कुश्मा, पर्वत । विद्यालयमा अध्ययनरत छात्राहरुले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छोड्ने गरेको खबरहरु आइरहने गरेको समयमा उनीहरुलाई घरेलुस्तरमा"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

सामुदायिक विद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

२०७३, १७ फाल्गुन मंगलवार ०५:५६

१६ फागुन । कुश्मा, पर्वत । विद्यालयमा अध्ययनरत छात्राहरुले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छोड्ने गरेको खबरहरु आइरहने गरेको समयमा उनीहरुलाई घरेलुस्तरमा नै तयार गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्य र जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा उक्त तालिम सञ्चालन गरेको हो ।

जिल्लाका विभिन्न चारवटा सामुदायिक विद्यालयमा कक्षा आठदेखि १२ सम्म अध्ययनरत ४२ जना छात्राहरुका लागि दिइएको एक दिने तालिम कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक झलकनाथ आचार्यले अत्यन्त व्यवहारिक विषयको तालिम भएकाले सिकेका कुरा आफ्नो व्यक्तिगत जीवनमा उर्तान र आफूले जानेको सीप अरु छात्रा तथा आमा, काकी, दिदीबहिनीलाई पनि सिकाउन सहभागी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । उहाँले यो तालिमले महिनाबारी भएको बेलामा लाजले वा अरुले जिस्काउँछन् भन्ने बहानामा विद्यालय नजाने छात्राहरुलाई ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t1.0-0/p240x240/

तालिममा महिनाबारी चक्र भनेको के हो ? महिनाबारी किन हुन्छ, यसको बैज्ञानिक कारण, महिनाबारी प्रक्रिया, यसका बारेमा समाजमा भएको गलत धारणा, महिनाबारी भएको समयमा ध्यानदिनुपर्ने कुराहरुका साथै घरेलुस्तरमा उपलब्ध हुने सामग्रीबाट कम मूल्यमा निर्माण गर्न सकिने सेनेटरी प्याडका बारेमा प्रत्येक सहभागीलाई ज्ञान सीप प्रदान गरिएको थियो । महिनाबारीका कारणले विद्यालयमा अध्ययनरत छात्राहरुको विद्यालय छाड्ने दर बढेको र उनीहरुको सिकाइस्तर पनि खस्किँदै गएको देदिएकाले उनीहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले बताउनुभयो । बजारमा पाइने प्याड महङ्गो हुने, त्यसमा प्रयोग हुने केमिकलले महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने र ग्रामीण क्षेत्रमा उपलब्ध पनि हुन नसक्ने भएकाले घरेलुस्तरमा नै उपलब्ध पुराना तथा सफा कपडा प्रयोग गरेर निकै सस्तो मूल्यमा बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि आफूहरुले यस्तो तालिम उपलब्ध गराएको पहाडीले बताउनुभयो ।

तालिममा शिवालय मावि कुश्मा, नारायण मावि कुश्मा, मंगलोदय मावि चुवा र सार्वजनिक मावि कटुवाचौपारीका १२ देखि १८ वर्षसम्मका छात्राहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा जापानिज स्वयम्सेवक युकी यामामोटो र एलजीसीडिपी कार्यक्रम अन्तरगत सोर्डेक नेपालका समुदाय परिचालक सीता बिकले सहजीकरण गर्नुभएको थियो । सहजकर्ता यामामोटोका अनुसार एउटा सेनेटरी प्याड जम्मा १५ रुपयाँ खर्चमा तयार गर्न सकिन्छ । शिवालय मावि अगुवा श्रोत केन्द्र कुस्मामा सम्पन्न तालिम कार्यक्रममा एनसीइ नेपालका राजेन्द्र पहाडी, मंगलोदय मावि चुवाका प्रधानाध्यापक नगेश्वर उपाध्याय र आरम्भ नेपालका बलिनारायण रेग्मीले पनि बोल्नुभएको थियो । सहभागी छात्राहरुले तालिम आफूहरुका लागि निकै नै लाभदायक भएको प्रतिक्रिया दिए । आयोजक तथा सबै सहभागीको तर्फबाट जापानिज स्वयम्सेवक युकी यामामोटोलाई मायाको चिनो प्रदान गरिएको थियो ।

No automatic alt text available.


Image may contain: 2 people, people on stage, child and dog


Image may contain: one or more people, people standing and indoor 

Image may contain: 2 people, people sitting, child and shoes

Image may contain: 2 people, people sitting, child and shoes


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना