Image result for good neighbor logoजिल्लामा रहेको गुडनेवर ईन्टरनेशनल नामक अन्तराष्ट्रिय गैरसरकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image result for good neighbor logoजिल्लामा रहेको गुडनेवर ईन्टरनेशनल नामक अन्तराष्ट्रिय गैरसरकार"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

कार्यालय प्रमुखलाई प्रभावमा पार्दै गुडनेवर

२०७३, १८ फाल्गुन बुधबार ०४:०३

Image result for good neighbor logoजिल्लामा रहेको गुडनेवर ईन्टरनेशनल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरु अपारदर्शी भएको खबर बाहिर आएपछि संस्थाले उक्त कार्य ढाकछोप गर्नको लागि कार्यालय प्रमुखलाई प्रभाव पार्न थालेको छ । 


कार्यक्रमसँग सम्बन्धीत कार्यालयका प्रमुखलाई दैनिक भ्रमण भत्ता एवं भोजभतेर गरेर प्रमुखहलाई प्रभावमा पारेर कार्यक्रमहरु स्वीकृत तथा अपारदर्शी रुपमा संचालन गर्दै आएको पाइएको छ । गुडनेवर्सका कार्यक्रहरु अपरादर्शी भएको र गैससको निर्णय विपरित काम गरेको जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपनि कारवाहीको दायरामा संस्था नआउनुले पनि कार्यालयका प्रमुखहरु प्रभावमा परेको देखिएको हो ।


कार्यक्रम संचालन गर्दा र संस्था छनोट गर्दा आवश्यक नियम पुरा गरी गर्नुपर्ने भएता पनि संस्थाले मनोमानी तरिकाले एकलौटी रुपमा संस्था छनोट गरी कार्यक्रम संचालन गरेको भनि लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले जिल्ला प्रशासन, जिल्ला विकास समिति पर्वत र गैससको क्षेत्रीय तथा केन्द्रिय कार्यालयमा समेत गुनासो पु¥याएता पनि सो सम्बन्धी आवश्यक कारवाही नहुनुले कार्यालय प्रमुखहरु प्रभावित भएको हुनसक्ने देखिएको लोकतान्त्रिक  गैरसरकारी संस्था महासंघले बताएको छ । 


संस्थाले नियम विपरित काम भएको छ, हामीले सम्बन्धी निकायमा ध्यानाकर्षण गर्दा पनि कुनै कारवाही वा त्यसको बारेमा  जानकारी लिने समेत काम भएको छैन जसले संबन्धीत कार्यालयका प्रमुखहरु प्रभावमा परेको हुनुसक्ने आशंका छ–लोकतातिन्त्रक गैसस महासंघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले भने ।


छनौट नभएका गैररकारी संस्थाहरुलाई चित्त वुभ–दो आधार सहित धन्यवाद पत्र पठाउनु पर्ने लगायतका मागहरु स्वयम गुड नेवरका क्षेत्रिय कार्यक्रम संयोजक शंकर सुवेदीको रोहवरमा भएका सहमती कार्यान्वयन गर्नुको सट्टा उल्टै कुरा उठ्न थाले पछि त्यसको साहारा कार्यालय प्रमुख र स्थानिय विकास अधिकारीको माध्यमद्धारा कार्य क्षेत्र स्तर सम्म लुकि छिपि कार्यक्रम शुरु गरेको प्रति लोकतान्त्रिक गैसस महासंघले ध्यानाकर्षणा गराएको जनाएको छ । वैठकको नाम जिल्ला एडभाईजर समितिको वैठक नामक शिर्षकको मिटिङ राखेर आफै विधि बनाउने र आफै खर्च गर्ने गरेको समेत पाइएको महासंघको दाबी छ ।


पहिलो चरणमा समाज कल्याण परिषद वाट स्वीकृति लिई संचालन गर्नुपर्नेमा ललितपुरमा त्यहि नाममा दर्ता भएको एउटा गुडनेवर नेपाललाई सिधै साझेदार वनाई कार्य गरिरहको थियो । त्यसको व्यापक विरोध भए पछि समाज कल्याण परिषदको निर्देशनमा स्थानिय गै.स.स.मार्फत कार्य गर्ने गरि संस्था छनौट प्रकृया शूरु गरि कार्य गर्न वाध्य भएको लोकतान्त्रिक गैसस महासंघका सचिव उत्तम अधिकारी बताउँछन् ।


संस्थाले जिल्लामा  शिक्षा, वालअधिकार तथा संरक्षण , स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, आयआर्जन लगायतका कार्यक्रममा तीन वटा साझेदार संस्था छनौट गर्ने उल्लेख गरिएता पनि एउटै संस्थालाई गोप्य रुपमा दिएको महासंघको तर्क छ । महासंघले आषय पत्र पेश गर्ने ९ वटा संस्थाहरु भएता पनि उनीहरुलाई जानकारी नगराइ एकलौटी रुपमा मिलेमतोमा संस्था छनोट गरी कार्यक्रम संचालन गरेको बतायो ।


जिल्ला विकास समिति पर्वत संग पटक पटक भएको आपसी सहमति अनुरुप कुनै पनि दातृ निकाय तथा संस्थाले नयां कार्यक्रम तथा कार्यक्षेत्रमा काम गर्न अनुमति मागे पछि जि.वि.स.÷सम्वन्धित विषयत कार्यालय र लोकतान्त्रिक गै.स.स.महासंघको वैठक वाट मात्र थप कार्यका लागी अनुमति दिने जस्ले गर्दा एउटै कार्यक्षेत्रमा एउटै आ.व.मा कार्यक्रमको दोहोरोपना हुदैन । त्यसरी नै एउटा माईन्यूट गरेर मात्र अनुमति दिने भन्ने सहमति भएकोमा लाजमर्दौ प्रक्रियावाट कुनै कर्मचारीलाई फकाई फुलाई संझौता गरी जिविसमा समेत कार्यालय प्रति नराखीएको भनि लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले लिखितै रुपमा आपत्ति जनाएको हो ।


गुडनेवर्सले संस्था छनौटको वारेमा जिविसलाई जानकारी गराउनुपर्नेमा कुनै जानकारी नगराएको बताएको छ । जिविसले सोको जिम्मेवारी र कार्यक्रमको स्वीकृतीबारे आएको र विधि संम्बतनै छ भनि स्वीकृत दिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए ।  उनले संस्थाको  कार्यक्रम संचालन र संस्था छनोट प्रति विरोध आएपछि आफूले विधि संवत नभएमा र संवन्धित सरोकारवालाहरुसंग सहमती र सहकार्य नभए सम्म कार्यक्रम स्थगित गर्नु भन्ने पत्रचार गरेको बताए ।


समाज कल्याण परिषद काठमाडौंका सदस्य सिचव डिल्ली भट्टले संस्था छनोट नियमसंगत नभएको भनि निवेदन आइपुगेको र आवश्यक प्रक्रिया बारेमा छानविनका लागि सम्बन्धि निकायमा पत्रकार गरिएको बताए ।


जिल्ला प्रशासन कार्यालय पर्वतमा छानविनको लागि निवेदन परेपछि समाज कल्याणमा आवश्यक छानविनको लागि पत्रचार गरेको जनाएको छ । आजको सहारान्यूजमा खबर छ ।


गुडनेवर ईन्टरनेशनल कोरियाले स्पन्सरसिपमा पर्वत जिल्लाका देउराली, क्याङ, भुकताङ्ले, लिमिठाना, भंगरा गा.वि.स.र कुश्मा नपा वडा नं. १,२ र ३ वडामा सहयोग गर्ने गरि १३२० विद्यार्थीको नामावली पठाएको छ  


मे २०१६ देखि अप्रिल २०२१ सम्म काम गर्ने गरि वालवालिका फोकस शिक्षा,आयार्जन र खानेपानी स्वास्थ्य जोडेर कार्यक्रम गर्ने कुरा जिल्ला विकास समिति पर्वत संग भएको संझौतामा उल्लेख गरेको छ । ५ वर्षमा ६३६५१३।९३ डलर अर्थात ६ करोड सतासी लाख त्रिचालिस हजार पांचसय चार रुपैया खर्च हुन्छ । विगत ३ वर्षमा पनि उक्त क्षेत्रमा नै झण्डै ४ करोड खर्च गरेको यस कार्यक्रमले के उपलव्धि भयो भन्ने कुराको कुनै समिक्षा समेत गरेको पाईदैन । वालवालिकाको फोटो खिचेर स्पोन्सरको नाममा कोरीया पठाउने र उक्त फोटोलाई आधार वनाएर प्रति व्यक्ति ५० डलर प्राप्त हुने कुरा समेत बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना