2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

फागुन १८, लमजुङ । जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । 

असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो । 

जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभएपनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन् । 

अस्पतालको तथ्याङ्क अनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा आएका हुन् । गर्भपतनपछि समस्या भएर आएकाको पनि तथ्याङ्क राखिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताउनुभयो । 

लमजुङमा सुरक्षित गर्भपतनको लागि पाँचवटा स्वास्थ्य एकाइले मात्र अनुमति पाएपनि निजी मेडिकल हल तथा क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने बढिरहेको अनुमान गरिएको छ । 

“सरकारले १२ हप्तासम्मको गर्भपतनको निम्ति निःशुल्क व्यवस्था गरेको छ” जनस्वास्थ्य प्रमुख चापागाईंले भन्नुभयो “तर अस्पतालको तथ्याङ्क अनुसार पैसा तिरेर अवैधानिक र असुरक्षित गर्भपतन गराउने अधिक भएको अनुमान गरेका छौँ ।” 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम बेसीसहरको (लमजुङ मोडेल अस्पताल) निजी अस्पतालले सुरक्षित गर्भपतनका लागि मान्यता पाएको छ । सोबाहेक सुन्दरबजार अस्पताल, चिसंकु स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी र खुदी स्वास्थ्यचौकीले सुरक्षित गर्भपतनका लागि अनुमति पाएका छन् । 

अवैधानिक र असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था पहिचान भएकाले त्यस्ता संस्थालाई छानबिन गरी कारबाही गरिने जनस्वास्थ्य प्रमुख चापागाईंले बताउनुभयो । 

सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको निम्ति शुल्क नलाग्ने घोषणा गरेपनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेको पाइएको छ । 

कार्यालयका अधिकृत कौशल भण्डारीका अनुसार चालु आवमा लमजुङमा गर्भपतन गराउनेको सङ्ख्या १०० पनि कटेको छैन । उहाँले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताउनुभयो । यसअघिको तथ्याङ्क अनुसार जिल्लामा मासिक ५५ भन्दा बढीले गर्भपतन गराएका थिए । 

असुरक्षित यौन सम्पर्क, छोरा पाउनुपर्ने परम्परागत मान्यताजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । गर्भपतन गर्नेमा २० देखि ४० वर्र्ष उमेर समूहका बढी रहेको तथ्याङ्कले देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल