रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आए"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडियोको नाममा महोत्सव आयोजना गरेर लाखाैंको चन्दा

२० फाल्गुन २०७३, शुक्रबार ०५:५२

रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आएकी चापागाईले पर्वतका सरकारी कार्यालयलाई लाखौँ सहयोगको माग गर्दै चिठी पठाएकि छिन् । उनले सहयोग दिन माग गर्दै जिल्ला विकास समिति, कुश्मा नगरपालिका, कृषि कार्यालय, पशु सेवा कार्यालय, स्वास्थ्य, घरेलु तथा साना उद्योग, महिला तथा वालवालिका कार्यालयमा ठुलो सहयोगको माग गर्दै चिठि पठाउने गरेकी छिन् । विगत वर्षमा पनि यस्तो काम उनले गर्दै आएकी हुन् ।

महोत्सवमा भनेजति सहयोग नगर्ने कार्यालय प्रमुखलाई विभागमा दवाव दिन लगाएर तनावमा पार्ने गरेको एक सरकारी कर्मचारीले बताए । सरकारी कार्यालयका प्रमुखलाई साँसदको हैसियतमा उनले थर्कमान बनाउने गरेको ति कर्मचारीले बताए । उनले सहयोग गर्न भन्दै पटक पटक फोन गर्न थालेपछि कार्यालय प्रमुखहरु अहिले हैरान भएका छन् । पर्वतका सामुदायिक विद्यालय, गाविस सचिव, गैह्रसरकारी कार्यालयलाई सहयोग गर्न भन्दै साँसद कल्पनाले दिनहुँ फोन गर्ने गरेकी छिन् ।इखबर अनलाइनमा समाचार छ ।

उनले प्रत्येक विद्यालयलाई अनिवार्य रुपमा १ हजार देखि २० हजार रुपैयाँ सहयोग माग्ने गरेको खुल्न आएको छ । सचिवहरुलाई महिला लक्षित वजेट महिला महोत्सव भएको नाताले महोत्सवलाई दिन भन्ने गरेकी छिन् ।

उनले पर्वतमा मात्र नभएर छिमेकी वागलुङ र म्याग्दी जिल्लाका सरकारी कार्यालयमा समेत सहयोग गर्न दवाव दिने गरेकी छिन् । साँसद चापागाईले साँसद विकास कोषको ठुलो हिस्सा समेत रेडियोमा भित्राउने गरेकी छिन् । महोत्सवका नाममा उनले कति रकम असुल गर्छिन त्यसको लेखाजोखा हुने गरेको छैन । महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजनिक गर्ने गरिएको रेकर्ड नै छैन । उनले महोत्सवको नाममा प्रहरीको समेत दुरुपयोग गर्ने गरेकी छिन् ।

ससत्र प्रहरी गण चण्डिका गण कुश्माका ससत्र प्रहरी वजारमा व्यानर टाँग्ने, व्यवस्थापनका सामाग्री ओसारपोसार गर्ने लगायतका काममा एक हप्तादेखि खटिएको छ । प्रचारका लागि आधा दर्जन प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी साँसदको नीजि प्रयोजनका लागि खटिएकोमा स्थानीय प्रसासनले कुनै कारवाहि नगर्नुले साँसदको डरले प्रसासन चुप लागेका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट