२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा २१ गते बालबालिकालाई पोलियो थोपा खुवाइने

२० फाल्गुन २०७३, शुक्रबार ०७:१६

दिनेश ठकुल्ला/फागुन २०, धनगढी । छ वर्ष अगाडि नै उन्मूलन भइसकेको पोलियोको जोखिम रहेको हुन सक्ने भन्दै फागुन २१ गते यहाँका बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइदैछ । 

छिमेकी राष्ट्र पाकिस्तान र अफगानिस्तानमा पोलियो अझै कायमै रहेकाले यहाँका एक लाख १६ हजार ८४६ जना पाँच वर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कैलाली सहित तराईका १२ र काठमाण्डौं उपत्यका तीन गरी १५ जिल्लामा पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो । 

छिमेकी राष्ट्रहरुमा पोलियो अझै उन्मूलन हुन नसकेकाले जोखिमलाई मध्यनजर गरेर १५ जिल्लामा यो अभियान सञ्चालन हुन लागेको वरिष्ठ जनस्वास्थ्य प्रशासक टङ्क प्रसाद चापागाइँले बताउनुभयो । बालबालिकाहरुलाई पोलियो लाग्नबाट जोगाउनका लागि खोप नै प्रभावशाली र शक्तिशाली माध्यम रहेकाले सबै बालबालिकालाई पोलियो थोपा खुवाउन उहाँले आग्रह गरेका छन् । 

यहाँ पोलियो थोपा खुवाउनका लागि ५८० वटा खोप केन्द्र तय गरिएको छ । एक हजार १६० जना स्वयम् सेवक खटाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

सतप्रतिशत बालबालिकाले सबै खोप नपाएसम्म जोखिम रहि रहने भएकाले सरकारले पुनः अभियान थालेको जनस्वास्थ्य प्रशासक चापागाइँले बताए । उनले मुलुकमा अझै १३ प्रतिशत बालबालिका खोपबाट बञ्चित रहेको र तीन प्रतिशत बालबालिकाले कुनै पनि खोप नलिएको तथ्याङ्क प्रस्तुत गरे । 

विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षण अनुसार नेपालमा अहिलेसम्म ८७ प्रतिशत बालबालिकाले खोप पाएका छन् । केहि बालबालिका खोपबाट छुट्ने गरेकाले खोप नपाएका कारण हुने मृत्युदरलाई शून्य सहनशिलतामा झार्न अझै चुनौती रहेको चापागाइँले बताउनुभयो । नेपालबाट सन २०१० मै पोलियो उन्मूलन भइसकेको सरकारले घोषणा गरेको थियो । यद्यपि, सम्भावित जोखिम अझै कायमै रहेको जनाइएको छ । यस्तै, जनस्वास्थ्य कार्यालयले पोलियो अभियानपछि जापानीज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप अभियान पनि सञ्चालन गर्ने जानकारी दिएको छ । 

नेपालमा गरिबी तथा आमाको शैक्षिक अवस्थाले पनि बालबालिकाले पाउने खोपमा निर्भर गर्ने गर्दछ । खोपको प्रसारमा एकरुपता नहुनु, पूर्ण खोपलाई निरन्तरता दिन नसक्नु लगायतका चुनौती तथा समस्याहरु रहेका विश्व स्वास्थ्य सङ्गठनका डा. रुपेश तिमिल्सिनाले बताउनुभयो ।  

उनले सन २०१४–२०१८ को रणनीति अनुसार खोप अभियान सम्बन्धी काम भइरहेको जानकारी दिनुभयो ।  पोलियो विरुद्धको खोप अभियानमा सबैलाई सहयोग पु¥याउन जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो