फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएक"/>

2026-08-31 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक हजार दुई सय गोही नदीमा छोडियो

फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । 

सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । केन्द्र हेर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । 

अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय भने राप्ती नदीमा मात्रै गोही छोड्न थालिएको हो । खड्काका अनुसार गतवर्षको माघ र यस वर्षको माघमा राप्ती नदीमा मात्रै १७० वटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० वटा गोही छाडिएको खड्काले बताउनुभयो । 

ठूलो सङ्ख्यामा गोही छाडेको भए पनि राप्ती र नारायणीबाहेक अन्य नदीमा भने न्यून मात्रै गोही रहेका छन् । खड्काका अनुसार राप्ती र नारायणीमा १५० को हाराहारीमा गोही भएको अनुमान छ । अन्य नदीमा भने ५० को हाराहारीमा गोही भएको अनुमान केन्द्रको छ । प्रजनन केन्द्रमा हाल १३ माउसहित ६०० जति गोही रहेको उहाँले जानकारी दिनुभयो । 

निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थलमात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको बताउँदै उहाँले नेपालका वासस्थान प्रदूषित हँुदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन यसको सङ्ख्या घट्दै गएको हो । 

भारतीय संरक्षणकर्मीले खिचेका गोहीका अधिकांश तस्बिर नेपालमा छाडिएका गोहीको हुने गरेको दावी उनको छ । खड्काले एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छोड्ने गर्दछ । त्यसका लागि खेल्न करिब २०० किलोमिटर नदीको लामो भूभाग चाहिने भए पनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारततर्फ जाने गरेका छन् । जान सजिलै जाने तर फर्किंदा नदीमा भएका तटबन्ध र पानीको बहावका कारण कठिन हुने हुँदा बर्सेनि नेपालमा हुर्काएर छाडिएका गोही भारततर्फ जाने गरेको उहाँले बताउनुभयो । 

नेपालका नदीमा गोही छाड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएकाले संरक्षण गर्न अप्ठ्यारो भएको र यसको सङ्ख्या बढाउन नसकेको बताउनुभयो । उहाँले माछा मार्ने, गिटी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको बताउनुभयो । 

एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् । 

सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको छ उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने