पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

नवजागृत क्याम्पसमा एमालेका उपाध्यक्षले घोषणा गरे अखिलको विजयी

२० फाल्गुन २०७३, शुक्रबार १२:००

पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँर, युथ फोर्स पर्वतका अध्यक्ष विमल लामिछाने सहितको टोलीले क्याम्पसमा नियम विपरित अनेरास्ववियूको विजय भएको घोषणा गरेको हो ।


क्याम्पस प्रमुख रुचिला सापकोटालाई फर्जि मितिको नोटिस टाँस गर्न लगाई प्रक्रिया पु¥याएको ढोङ रचि अनेरास्ववियूले आफ्नो विजय भएको घोषणा गरेको अन्य विद्यार्थी संघठनहरुले जनाएका छन् ।


पर्वत जिल्लामा स्ववियूको चुनावमा सहमतिय आधारमा गर्ने विद्यार्थी संगठन विच सहमति भएता पनि एमालेका नेतानै क्याम्पसमा प्रवेश गरी मनोमानी ढंगबाट आफू विजय भएको घोषणा गरेको हो । क्याम्पस प्रमुखलाई प्रभावमा पार्ने देखि बलपूर्वक आफ्नो जित भएको घोषणा गर्ने नेकपा एमालले निन्दनीय र गैरराजनीति गरेको अन्य दल तथा विद्यार्थी संगठनले आरोप लगाएका छन् । विद्यार्थी संगठनले एकलौटी हिसाबले क्याम्पस संचालक र विद्यार्थीलाई जानकार विनानै प्रभावमा पारेर निर्णय गर्नु  क्याम्पस प्रशासनको गम्भीर क्रुटि भएको बताएका छन् ।


यसैविच कार्कीनेटामा रहेको अन्नपूण क्याम्पसमा एमालेका नेता पदमपाणी सहितको टोलीको ठाडो आदेशमा सहमति र सहकार्यलाई उल्लघन गरी अखिलको जित भएको घोषणा गरेपनि तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती निकाल्दै ठोडो रुपमा विरोध गरेका छन् ।


उनीहरुले एमालले देखाएको दोहोरो चरित्र र सहमति तोड्नु तानाशाही पद्धती भएको आरोप लगाएका छन् ।उनीहरुले एमालेको एकलौटी रुपमा गैर जिम्मेवारी र स्ववियूको मुलमर्मलाई ठेस पुग्ने गरी गरीएको कार्य सच्चाउन माग गरेका छन् । नसच्चाए गम्भीर समस्या आइपर्ने समेत चेतावनी दिएका छन् ।



https://scontent.fdoh4-1.fna.fbcdn.net/v/t34.0-12/


Image may contain: 15 people, people standing, child and outdoor


Image may contain: 7 people, people smiling, people standing and outdoor


Image may contain: 22 people, people standing




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट