२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पठन बानी विकासका लागि विद्यालयमा बुक कर्नर

२१ फाल्गुन २०७३, शनिबार ०९:३६

धिराज आर.सी./फागुन २१, जाजरकोट । शिक्षक, विद्यार्थी र अविभावक सवैको ब्यबहारमा परिवर्तन ल्याउनका लागि विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुना निर्माण गरिने जिल्ला शिक्षा अधिकारी ललित सिंहले बताउनु भएको छ । 

शिक्षकले पढाउनु पर्छ भन्ने वानीको विकास हुन जरुरी छ भने, विद्यार्थीले पढ्नु पर्छ र अविभावकले पढ्ने वातावरण श्रृजना गरिदिनु पर्छ भन्ने वानीको विकास हुन जरुरी भएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनु भयो । 

 विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुनाको कार्यक्रमले शिक्षक, विद्यार्थी र अविभावक सबैलाई जिम्मेवार वनाउने सिंहको दावी छ । जिल्लामा अव सवैको पहँुचमा विद्यालय आवश्यक नभएर गुणस्तर शिक्षाका लागि विद्यालय, भौतिक पुर्वाधार, जनशक्ति, शैक्षिक सामाग्रीलाई केन्द्रिकृत गर्नमा जोड दिनु पर्ने सिंहको भनाई छ ।

२०७२ फागुण २८ गते देशकै २० औं साक्षर जिल्ला घोषणा भएको जाजरकोटको शैक्षिक विकासका लागि २०७३ लाई शैक्षिक सुधार बर्ष घोषणा गरिसकिएको छ । त्यस्तै शैक्षिक सुधारलाई प्रभावकारी बनाउन जिल्लामा प्रअ सम्मेलन समेत सम्पन्न भैसकेको छ । 

जिल्लाको शैक्षिक रणनीति निर्माण प्रक्रियामा अगाडि वढिरको छ भने, शैक्षिक रेडियो कार्यक्रम सञ्चालनमा ल्याईएको छ । श्रोत केन्द्रलाई शैक्षिक सुधार केन्द्रमा परिणत गरिएको छ । यसै बर्ष विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

 सामुदायिक तथा संस्थागतगरि जम्मा ४ सय ५१ विद्यालयमा ७२ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ७२ हजार विद्यार्थी संख्यालाई अध्यापन गराउने शिक्षकहरुको दरवन्दी १३ सय ५१ जनाको रहेको छ भने, विद्यार्थी संख्याको अनुपातमा ७ सय बढी शिक्षक दरवन्दी अझै पनि जिल्लामा अभाव देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो