२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

२१ फाल्गुन २०७३, शनिबार ११:४१

फागुन २१, काठमाडौं । स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ । 

सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 

सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग रु छ लाख ५० हजार फिरौती रकम माग गरेको थियो । 

अमात्यले भन्नुभयो– “गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी रु छ लाख ५० हजार फिरौती मागेका थिए ।” 

सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । 

प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो । 

अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सो क्रममा भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो