सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ ।"/>
२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम प्युठानमा सम्पन्न

२१ फाल्गुन २०७३, शनिबार १२:५२

सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा तुषारा, माझकोट, विजुवार, भिगृ तगाएतका २२ वटा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो । 

फागुन १७ गते देखि २१ गते सम्म चलेको तालिममा लैङ्गिक विभेद, विभेदका कारणहरु, लैङ्गिक समानता, एचआईभी/एड्स, प्रजनन अङ्गहरुको परिचय, सुरक्षित मातृत्व, परिवार नियोजन, गर्भावस्थाको परिचय, गर्भपतन, सुरक्षित मातृत्व, महिनावारीको परिचय लगाएतको वारेमा सहजीकरण गरिएको थियो । जिल्ला स्थित महिला सहकारी सदस्यहरु सम्मिलीत तालिमको उद्धेश्य महिलाहरुको प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व, यौनरोगको वारेमा जानकारी दिने, लैङ्गिक विभेद र भुमिकाका बारेमा सचेतना बृद्धि गर्ने, महिलाको प्रजनन संग सम्वन्धित समस्याहरु बाहिर ल्याउन सहयोग गर्ने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानका सुचना विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो । 

तालिमको सहजीकरण महिला विकास अधिकृत विष्णु आचार्य, महिला विकास निरिक्षक माया श्रेष्ठ, नसिङ्ग अधिकृत राधा केसी, सि.अ.न.मी. शारदा खड्का लगाएतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो