१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२१ फाल्गुन २०७३, शनिबार १३:०८

फागुन २१, देउखुरी । देउखुरीको सिसहनियाँ गाविसका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । 

अपाङ्ग समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ हजार ३० रुपैयाँका दरले कुल ७ हजार ३ सय रुपैयाँ बराबरको कापी र कलम वितरण गरिएको हो । 

सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ्गता भएका विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले सो शैक्षिक सामाग्री वितरण गरिएको हो । समितिका अध्यक्ष अध्यक्ष सुशिला सुवेदीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्ग भएका बालबालिकाहरु अझै पनि विद्यालय भन्दा बाहिर रहेकाले त्यस्ता बालबालिकाहरुलाई विद्यालय सम्म  पु–याउन सवैले पहल गर्नु पर्ने बताएका थिए । 

साथै उनीहरुले अव नेपाल सरकारले सवै प्रकारका अपाङ्गहरुलाई भक्ता वितरण गर्ने तयारी गरेकाले त्यसको प्रचार प्रसारमा सहयोग गर्न समेत आग्रह गरेका थिए । उनीहरुले समाजमा अझै पनि अपाङ्गहरु प्रति हेर्ने दृष्टिकोण फरक आउन नसकेकाले अव अपाङ्गहरुहरुलाई हेला नभई माया गर्नु पर्ने र उनीहरुले गर्ने हरेक क्रियाकलापमा हौसला प्रदान गर्नु पर्ने सुझाव समेत दिएका थिए । 

समितिका उपाध्यक्ष भोजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका खिमबहादुर के.सी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा पन्थी, संघिय समाजवादी फोरमका पाटेश्वरीप्रसाद चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका विष्णुप्रसाद चौधरी, सर्वोदय मावि सिसहनियाँका शिक्षक हेमराज अधिकारी, जनता आधारभुत विद्यालय करङ्गेकोटका शिक्षक थंमनसिंह गाहामगर, शंकर मावि पिपरीका शिक्षक सुर्वनमान चौधरी, जनकल्याण प्रावि कालापानीका शिक्षक देवप्रसाद चौधरी, आदीवासी जनजाती समन्वय समितिका अध्यक्ष नारायणप्रसाद चौधरी, महिला सशक्तिकरणका सामाजिक परिचालक लक्ष्मी चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सल्लाहाकार तथा सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव