१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पञ्चेबाजा उपभोक्ता समितिको सार्वजनिक सुनुवाई

२१ फाल्गुन २०७३, शनिबार १३:१०

फागुन २१, देउखुरी । पञ्चेबाजा उपभोक्ता समिति सिसहनियाँको सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार सिसहनियाँ १ बड्का सिसहनियाँमा सम्पन्न भएको छ । दलित सञ्जाल सिसहनियाँको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सञ्जालका कोषाध्यक्ष र्फसबहादुर नेपालीले पञ्चेबाजा खरिदका लागि सिसहनियाँ गाविसबाट प्राप्त कुल १ लाख २५ हजार ७ सय रुपैया सहितको खर्च विवरण सुनाएका थिए ।  

जसमा १/१ वटा ढोलक,टेम्पी,झ्याली, नरसिंह,कर्नर र २/२ वटा दमा, सनही खरिद गरिएको बताए । सञ्जालका अध्यक्ष संजिप परियारको अध्यक्षता एवम् सिसहनियाँ गाविस वोर्ड सदस्य शान्तराज शर्मा पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको प्रमुख बाजा लोप हुन लागेकाले चिन्ता व्यक्त गर्दै बाजाको संरक्षण गर्न अवको युवा पुस्ताले ध्यान दिनु पर्ने र त्यसको अगुवाई दलित सञ्जालले गर्नु पर्ने बताएका थिए । 

साथै उनीहरुले दलितहरुलाई राज्यले अझै पनि समान व्यवहार गर्न नसकेको भन्दै अव त्यसका लागि सवै जना एक जुट हुनु पर्ने र दवाफ दिनु पर्ने बताएका थिए । सो अवसरमा प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिक, सञ्जालका पुर्व अध्यक्ष ठगेन्द्र परियार, सल्लाहाकार यमलाल कटुवाल विक्रम, समाजसेवी तथा बुद्घिजिवी राजेन्द्र पुजाली, पत्रकार ओमप्रकाश गुप्ता, सञ्जालका उपाध्यक्ष बाटुली वि.क लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सञ्जालका सदस्य अनिल तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव नारायण परियारले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव