२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बालविवाह रोक्न किशोरी आमा सङ्गठित

२२ फाल्गुन २०७३, आईतवार ०२:४६

फागुन २२, दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । 

जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताउनुभयो । 

यो आमा समूहले बालविवाह न्यूनीकरणका लागि गाविस र नगरपालिकामा सचेतना जगाउने ओरेक नेपालले विश्वास लिएको छ । दाङको धनौरी गाविसकी मोति चन्दले १४ वर्षको उमेरमा विवाह गरिन् हाल उनी भर्खर २१ वर्षकी छिन् । उनको दुईजना छोरी छन् । 

त्यस्तै घोराहीकी गीता नेपालीले पनि सानै उमेरमा विवाह गरिन् र हाल ३ वर्षकी छोरी छन् उनी भर्खरै २० वर्षकी भइन् । उनीहरु जस्तै यहाँका अधिकांश किशोरीले पहिले नबुझेर विवाह गर्दा अहिले पछुताएका छन् । “सानो उमेरमा हतारमा विवाह गर्दा अहिले पछुतो लागेको छ, न पढ्न पायो न त कुनै कुरा सिक्न पायो, कम उमेरमा विवाह गर्दा पछि समस्या हुँदोरहेछ”, नेपालीले भन्नुभयो । 

सानैमा लहलहै र उमेर नपुगी विवाह गर्दा स्वास्थ्य, मानसिक, आर्थिक लगायतका समस्या भोग्नु परेको किशोरी बताउँछन् । “अहिले आएर थाहा भयो सानैमा विवाह गर्दाको बेफाइदा अब हामीहरुले गाउँघरमा सचेतना फैलाउनका लागि विवाहित किशोरी समूह गठन गरेका छौँ”, तुलसीपुर–११ निवासी शिला चौधरीले भन्नुभयो । अरूको लहलहैमा लागेर सानो उमेरमा विवाह गर्दा आफूहरुले समस्या भोगेको उहाँले गुनासो गर्नुभयो । 

उनीहरु जस्तै यहाँका करिब दुई दर्जनभन्दा बढी किशोरीले यसरी नै प्रेमविवाह गरेको बताउँछन् । उनीहरुले महिला हिंसाको मुख्य कारण बालविवाह नै भएको बताएका छन् । 

हाल दाङको डुरुवा, धनौरी, घोराही, तुलसीपुर नगरपालिका, धनौरी, उरहरी, मानपुर, श्रीगाउँ गाविस स्तरमा विवाहित किशोरी आमा समूह गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो