२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

ढिके नुनकै भरमा जाजरकोटका गाउँ

२२ फाल्गुन २०७३, आईतवार ०२:५४

फागुन २२, जाजरकोट । जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन् 

जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दहलगायत १८ भन्दा बढी गाविसका स्थानीयवासीले सहुलियतको नुन प्रयोग गर्न पाएका छैनन् । सरकारले उपलब्ध गराउने नुन गाउँमा लैजानसमेत उपभोतmालाई सजिलो छैन । यी गाविसबाट सदरमुकाम पुग्न दुईदेखि पाँच दिन पैदल हिँड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले बजारमा पाइने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गर्दै आएको नायकवाडा–७ का प्रेम शाहीले बताउनुभयो । 

जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयवासी रुकुम जिल्लाका राडी, चोरजहारी, जाजरकोटको कालीमाटी, थलह, मोर्कलगायत ठाउँबाट ढिके नुन लिएर खाना बाध्य भएको भगवतीका तेजबहादुर सिंहले बताउनुभयो । बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा–७ का पृथ्वीविक्रम शाहीले बताउनुभयो । 

पूर्वका स्थानीयवासी सदरमुकामभन्दा नजिक पर्ने रुकुमको राडी, चिसापानी, रिम्ना गएर नुन र दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन् । “नुन लिन सदरमुकाम गए चार दिन लाग्छ, रुकुमका बजारमा गए आयोडिन नभए पनि ५÷६ घन्टामै आउने जाने हुन्छ”, खगेनकोट–५ का नेबहादुर खत्रीले जानकारी दिनुभयो । 

यो क्षेत्र जोड्न खलङ्गा–रिम्न हुँदै भगवतीसम्म सडक निर्माणाधीन छ । ६० किमीसम्म ट्र्याक खोल्ने लक्ष्य पूरा भए पनि भेरी नदीमा पुल नभएका कारण पूर्वमा समस्या छ । उत्तरपूर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकामसम्म आयोडिनयुक्त नुन सहज रुपमा उपलब्ध हुँदै आए पनि गाउँसम्म पुग्दैन । 

सदरमुकाममा रु नौ पर्ने आयोडिनयुक्त नुन जाजरकोटका केही बजारमा सीमित मात्रामा पाइने आयो नुन रु ३५ मा किन्न पाइन्छ । तोकिएको मूल्यभन्दा चार भाग बढी भाडा पर्ने स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयवासी साल्ट ट्रेडिङ कर्पोरेसन शाखा गाउँमा विस्तार गरिए मात्र सबैका लागि आयोडिनयुक्त नुन खाना पाउने बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो