कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

"/>
२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ्गमा सुख्खा पहिरोले दरमखोला रोकियो, उच्च विद्युत प्रवाह हुँदा एक महिलाको मृत्यु

२२ फाल्गुन २०७३, आईतवार ०६:३७


कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै २ सय मिटर माथिबाट ठुला रुखहरुसँगै २ मिटर चौडा भागबाट पहिरो झरेर दरमखोला रोकिएको हो । विहान ५ बजे खसेको पहिलोले मध्ये पहाडीलोक मार्गको बागलुङ्ग बुर्तिबाङ्ग सडक अबरुद्ध बनेको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नाबय निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । 

पहिरो गएको क्षेत्रमा विद्युतको केन्द्रिय प्रसारण लाईनको पोल र तार समेत खोलामा पुगेको पुगेपछि विद्युत सेवा पनि अबरुद्ध बनेको छ ।


पहिरोले ७ वडा पोल ढलेको र विद्युत प्रसारण अनियमित भई उच्च भोल्टेजमा करेन्ट प्रवाह भएका बेला घरको मेन स्विच बन्द गर्न पुगेकी रिघा–७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएकी नेपालीलाई उपचारका लागि हटिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक बानियाँले जानकारी दए । 

पहिरोपछि स्थानिय मनकुमारी शाहीको घर उच्च जोखिममा रहेकाले स्थानिय प्रहरी र स्थानियवासीको सहयोग उनको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । 


पहिरो खसेपछि दरमखोला ४ घण्टासम्म पुरै थुनिएर विहान ९ बजेदेख पानी बाग्न थालेको र अहिले खालामा पहिलेकै बाहवमा पानी बग्न थालेको घटस्थानमा रहेका पत्रकार कमल पौडेलले जानकारी दिए । पानी बग्न थालेपछि जोखिम केहि काम भएपनि तटिय क्षेत्रका खबाङ्ग, वामीटक्सार, भुवाचिदी रिडि रुद्रबेणीका बासिन्दालाई सचेत रहन अपिल गरिएको छ ।  

पहिरोले सडक भत्किएपछि काठमाण्डौबाट बुर्तिबाङ्गका लागि छुटेका र बुर्तिबाट काठमाण्डौका लागि छुटेका दर्जनौँ साना ठुला सवारी साधन खर्बाङ्ग र हटिया बजारमा रोकिएका छन् । पहिरो गएको क्षेत्रमा प्रहरी चौकी खर्बाङ्ग र ईलाका प्रहरी कार्यालय हरिचौरको टोली पुगेपनि पहिरोको वारीपारी बाट फोनमा मात्र कुराकानी गर्न सक्ने अबस्था रहेको पत्रकार पौडेलले बताए । 


प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अहिलेपनि माथिबाट ढुङ्गा र माटो खसिरहेको र खोलामा थुनिएर बनेको तालको पानी पुरै नबगेसम्म तत्काल सडक खुलाउन सकिने अबस्था नरहेको बताए । उनले घटनास्थाल तर्फ घोडाबाँधेबाट नेपाली सेनाको टोली पनि पठाईएको बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो