कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ्गमा सुख्खा पहिरोले दरमखोला रोकियो, उच्च विद्युत प्रवाह हुँदा एक महिलाको मृत्यु

२०७३, २२ फाल्गुन आईतवार ०६:३७


कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । 

रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै २ सय मिटर माथिबाट ठुला रुखहरुसँगै २ मिटर चौडा भागबाट पहिरो झरेर दरमखोला रोकिएको हो । विहान ५ बजे खसेको पहिलोले मध्ये पहाडीलोक मार्गको बागलुङ्ग बुर्तिबाङ्ग सडक अबरुद्ध बनेको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नाबय निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । 

पहिरो गएको क्षेत्रमा विद्युतको केन्द्रिय प्रसारण लाईनको पोल र तार समेत खोलामा पुगेको पुगेपछि विद्युत सेवा पनि अबरुद्ध बनेको छ ।


पहिरोले ७ वडा पोल ढलेको र विद्युत प्रसारण अनियमित भई उच्च भोल्टेजमा करेन्ट प्रवाह भएका बेला घरको मेन स्विच बन्द गर्न पुगेकी रिघा–७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएकी नेपालीलाई उपचारका लागि हटिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक बानियाँले जानकारी दए । 

पहिरोपछि स्थानिय मनकुमारी शाहीको घर उच्च जोखिममा रहेकाले स्थानिय प्रहरी र स्थानियवासीको सहयोग उनको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । 


पहिरो खसेपछि दरमखोला ४ घण्टासम्म पुरै थुनिएर विहान ९ बजेदेख पानी बाग्न थालेको र अहिले खालामा पहिलेकै बाहवमा पानी बग्न थालेको घटस्थानमा रहेका पत्रकार कमल पौडेलले जानकारी दिए । पानी बग्न थालेपछि जोखिम केहि काम भएपनि तटिय क्षेत्रका खबाङ्ग, वामीटक्सार, भुवाचिदी रिडि रुद्रबेणीका बासिन्दालाई सचेत रहन अपिल गरिएको छ ।  

पहिरोले सडक भत्किएपछि काठमाण्डौबाट बुर्तिबाङ्गका लागि छुटेका र बुर्तिबाट काठमाण्डौका लागि छुटेका दर्जनौँ साना ठुला सवारी साधन खर्बाङ्ग र हटिया बजारमा रोकिएका छन् । पहिरो गएको क्षेत्रमा प्रहरी चौकी खर्बाङ्ग र ईलाका प्रहरी कार्यालय हरिचौरको टोली पुगेपनि पहिरोको वारीपारी बाट फोनमा मात्र कुराकानी गर्न सक्ने अबस्था रहेको पत्रकार पौडेलले बताए । 


प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अहिलेपनि माथिबाट ढुङ्गा र माटो खसिरहेको र खोलामा थुनिएर बनेको तालको पानी पुरै नबगेसम्म तत्काल सडक खुलाउन सकिने अबस्था नरहेको बताए । उनले घटनास्थाल तर्फ घोडाबाँधेबाट नेपाली सेनाको टोली पनि पठाईएको बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने