फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन तस्करीमा संलग्न ३० जनाको नाम सार्वजनिक

२०७३, २२ फाल्गुन आईतवार १२:३२


फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ गर्ने बाँकि रहेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानका क्रममा नियन्त्रणमा लिएकाहरुमध्ये १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरुः रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ, सुर्खेतका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, धनुषाका सन्तोष काफ्ले र काभ्रेपलाञ्चोकका रामहरी कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।

 दुबईबाट नेपालमा सुन पठाउनेदेखि विमानस्थलमा सेटिङ मिलाउने, क्यारिङ गर्ने र सुन खरिद गर्नेसम्मलाई पक्राउ गर्न प्रहरी सफल भएको सीआइबीले जनाएको छ । दुबईबाट सुन पठाउने गिरोहमा मुख्य नाइकेहरुलाई फक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए । प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेको जनाइएको छ ।

युएईमा १० र नेपालमा रहेका ८ जनाको नाम यसप्रकार छ ।

कुशुम गोयल

राहुल गोयल

विभूति अमोल

प्रमोद श्रेष्ठ

चूडामणि उप्रेति

केशव चापागाईँ

दुर्गाप्रसाद खरेल

गोपाल भुसाल

मालिका बज्राचार्य

रामकृष्ण गोयल

रवि राजेश बोगटी

शनि श्रेष्ठ

गीता श्रेष्ठ

राजेन्द्र शाक्य

रोशन भुषाल

कृष्ण गोपाल अग्रवाल

राजन प्रसाद पन्त

अर्जुन प्रसाद खरेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने