१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कल डिटेलबाट खुल्यो हत्याको योजना

२२ फाल्गुन २०७३, आईतवार १३:१०

धिराज आर.सी./फगुन २२, जाजरकोट  । गत माघ २२ गते प्रहरी जवान कमल सुनारले हत्या गरिएकी भेरीमालिका नगरपालिका ४ बोहरा कि २४ बर्षिय राधिका सुनारको बलत्कार पछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । 

श्रीमान घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दवाव दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।‘

अवैध सम्बन्ध भएको श्रीमानले थाहा पाएपछि श्रीमानले राधिकालाई जो सँग सम्बन्ध छ उसै सँग पोइल जा भन्ने गरेका थिए । प्रहरी जवान कमललाई विवाह गर्न दवाव दिएपछि विहे गर्नूभन्दा मारिदिए उन्मुक्ती पाईएला भनेर हत्या गरेको मोवाईलको कलडिटेलबाट खुलेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । 

 जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटमा कार्यरत प्रहरी जवान सुनारले बयानको क्रममा अपराध स्वीकार गरेको छन् । प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहारगरि हत्या गरिएको हो । महिलाको पेटमा छुरा रोपिएको र हातका औला काटिएको अन्य भागमा पनि छुरा हानिएको र चोट लागेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।  

शुरुमा हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुर सुनारलाई पक्राउ गरिएको थिए । तर कलडिटेलबाट प्रहरी जवानले हत्या गरेको र श्रीमान निर्दोश भएको अनुसन्धानको क्रममा पुष्टी भएको छ । 

हत्यामा संलग्न भएका प्रहरी जवानलाई जिल्ला न्यायधिस लिलाराज अधिकारीले पुपक्षका लागी कारागार चलान गर्न आदेश दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट