२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कल डिटेलबाट खुल्यो हत्याको योजना

२०७३, २२ फाल्गुन आईतवार १३:१०

धिराज आर.सी./फगुन २२, जाजरकोट  । गत माघ २२ गते प्रहरी जवान कमल सुनारले हत्या गरिएकी भेरीमालिका नगरपालिका ४ बोहरा कि २४ बर्षिय राधिका सुनारको बलत्कार पछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । 

श्रीमान घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दवाव दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।‘

अवैध सम्बन्ध भएको श्रीमानले थाहा पाएपछि श्रीमानले राधिकालाई जो सँग सम्बन्ध छ उसै सँग पोइल जा भन्ने गरेका थिए । प्रहरी जवान कमललाई विवाह गर्न दवाव दिएपछि विहे गर्नूभन्दा मारिदिए उन्मुक्ती पाईएला भनेर हत्या गरेको मोवाईलको कलडिटेलबाट खुलेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । 

 जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटमा कार्यरत प्रहरी जवान सुनारले बयानको क्रममा अपराध स्वीकार गरेको छन् । प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहारगरि हत्या गरिएको हो । महिलाको पेटमा छुरा रोपिएको र हातका औला काटिएको अन्य भागमा पनि छुरा हानिएको र चोट लागेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।  

शुरुमा हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुर सुनारलाई पक्राउ गरिएको थिए । तर कलडिटेलबाट प्रहरी जवानले हत्या गरेको र श्रीमान निर्दोश भएको अनुसन्धानको क्रममा पुष्टी भएको छ । 

हत्यामा संलग्न भएका प्रहरी जवानलाई जिल्ला न्यायधिस लिलाराज अधिकारीले पुपक्षका लागी कारागार चलान गर्न आदेश दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न