फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगे"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेश्रो गाविसको रुपमा त्रिवेणी गाविस पूर्ण खोप गाविस घोषणा

२०७३, २२ फाल्गुन आईतवार १५:५७


फागुन २२, सल्यान । सल्यानको त्रिवेणी गाउँ विकास समितीलाइ आइतबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । 

यस संगै सल्यानमा पूर्ण खोप घोषणा हुने गाविसको संख्या तीन पुगेको छ । त्रिवेणिको लुहाम बजारमा आयोजित एक कार्यक्रमका विच सल्यानका स्थानिय विकास अधिकारि एवम् जिल्ला खोप समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझिले पूर्ण खोप गाविस घोषणा गर्दै त्रिवेणि स्वास्थ्य संस्था व्यवस्थापन समितीका अध्यक्ष गोपाल केसीलाइ हस्तान्तरण गरे ।

 कार्यक्रममा त्रिवेणि स्वास्थ्य चौकीका इन्चार्ज प्रभात कुमार श्रेष्ठले आफ्नो गाविसमा जन्मेदेखि १ वर्ष सम्मका सम्पूर्ण १ सय १४ वालवालिकाले विसिजि, डिपीटी, हेपाटाइटिस बी, दादुरा रुबेला जस्ता एघार प्रकारका खोप पूर्ण रुपमा प्राप्त गरिसकेको जनाए । र आगामी दिनमा पनि त्रिवेणिमा खोप पाउने सुनिश्चीतता रहेको जनाए । 

प्रमुख अतिथीका रुपमा रहेका स्थानीय विकास अधिकारि रायमाझिले कार्यक्रममा बोलदै हरेक प्रकारका रोगहरुबाट बच्नका वालवालिकालाइ समयमै सबै खोप लगाउनुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, ‘आफ्ना वालवालिकालाइ एउटा पनि खोप लगाउन छुटाउनु हुँदैन, किनकी त्यहि खोपको अभावमा उसको जीन्दगी बर्बाद हुन सक्छ ।’ यस्तै कार्यक्रमका विशिष्ट अतिथी जिल्ला स्वास्थ्य प्रमुख एवम् जिल्ला खोप समन्वय समितीका सचिव विमल कुमार श्रेष्ठले सल्यान जिल्लामा पूर्ण खोप घोषणामा केहि पछाडी रहेको जनाउँदै यसलाइ तिब्रता दिनुपर्ने बताए । 

यस्तै परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्य, सामुदायीक रेडियो प्रशारक संघ अकोरावका प्रदेश नम्बर ६ का संदस्य तथा रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम, गाविसमा क्रियाशिल राजनीतीक दलका प्रतिनिधी लगाएतकाले वालवालिकालाइ पूर्ण खोपको महत्वको बारेमा मन्तव्य राखेका थिए । 

सो अवसरमा पूर्ण खोप गाविस घोषणामा सहयोग पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

स्वास्थ्य चौकी इन्चार्ज प्रभात कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ सल्यानका सचिव शंकर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न