२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नक्सा पास विना नै नगरभित्र धमाधम घर वन्दै

२०७३, २२ फाल्गुन आईतवार १६:००

माधव बेल्वासे/फागुन २२, कपिलवस्त । कपिलवस्तुको शिवराज नगरपालिका भित्र करिव एक वर्षको अवधिमा पन्ध्र वटा घर मात्र नगरपालिका वाट नक्सा पास भई वनेका छन ।

सरकारले नगरपालिका भित्र घर बन्दा नगरपालिको स्वकृत नभई वनाउन नपाईने नियम ल्याएको भएता पनि कपिलवस्तुको शिवराज नगरपालिकामा यो लागु हुन सकेको छैन । नगरपालिका वनेको ३ वर्ष भन्दा वढि भइसक्दा सरकारका नियमहरु लागु हुन नसक्नु प्रशासनको कमजोरि रहेको देखिएको छ ।

बि.स.२०६८ को जनगणना अनुसार शिवराज नगरपालिकामा ८,४४१ घरधुरि छन । वर्षैनि हजारौको सख्यामा घर वन्ने नगरमा नक्सा पास नगरि स्थानियहरु घर वनाउदै आएका छन ।नगरपालिकामा रहेको तथ्याङक अनुसार पुराना २०० घरनक्सा नियमित  गराएका छन ।नक्सा पास र नगरको स्वृकित लिनु झन्झटिलो भएको कारण नक्सा पास नगराई घर वनाएको र पछि आवश्याता परे नक्सा पास  गर्ने चन्द्रौटाका एक स्थानियले  वताए ।सुचनाको कमिले गर्दा  ग्रामिण वस्तिमा सुचना प्रवाह नभएका कारण यस्तो भएको स्थानिय अर्जुन सापकोटाले वताए ।

राजनितिक दल र नगरपालिकाका कर्मचारिहरुले को लापरवार्हिका कारण यस्तो भएको चन्द्रौटा उद्योग वाणिज्य संघ का अध्यक्ष जसमेद अलिले वताए । अलिका अनुसार शिवराज नगरपालिका कमजोर नगरपालिका रहेकोले यसलाई वलियो वनाउन राजनिति दलले कडाई गर्नुपर्ने वताए ।

शिवराज नगरपालिका मा सधै निति र कार्यक्रम मात्र सार्वजनिक हुने तर कार्यनव्यन नहुने भएकाले शिवराज नगर भित्र रहेको  चन्द्रौटा र आसपासमा विकाश नहुने व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलको भनाई छ । पोख्रेलले नगपालिकाको लापरवाहि र सुचनाको अभावको कारण  यस्तो समस्या निम्तिएको वताए ।

नक्सा पास गर्नु पर्ने नियम भएता पनि ग्रामिण भेग भएका कारण नक्सा पास नगरि घरहरु वनिरहेको ले आफ्नो जग्गामा जे गरे पनि नगरपालिका ले  केहि गर्न नसक्ने शिवराज नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले वताए । 

नगरपालिकाले विभिन्न समयमा सुचना निकालिरहेको र केहि वन्दै गरेका  घरहरुमा पत्र समेत पठाएको तर स्थानियहरुले बेवस्ता गरेको ढकालले आरोप लगाए । ढकालले भने ‘सरकारले नगरपालिकालाई बेवस्ता गर्नेहरुलाई कारवाहि गर्न अनुमति दिईसकेको भएता पनि शिवराज नगरपालिकामा कर्मचारिको अभावले कुनै कार्य गर्न सकिरहेका छैनौ’ नगरपालिका र स्थानिय राजनितिक दलहरु क्रयासिल रुपमा लागे यस्तो समस्या हटनुको साथै  भविष्यमा समस्या नहुने देखिन्छ ।   



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न