२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नक्सा पास विना नै नगरभित्र धमाधम घर वन्दै

२२ फाल्गुन २०७३, आईतवार १६:००

माधव बेल्वासे/फागुन २२, कपिलवस्त । कपिलवस्तुको शिवराज नगरपालिका भित्र करिव एक वर्षको अवधिमा पन्ध्र वटा घर मात्र नगरपालिका वाट नक्सा पास भई वनेका छन ।

सरकारले नगरपालिका भित्र घर बन्दा नगरपालिको स्वकृत नभई वनाउन नपाईने नियम ल्याएको भएता पनि कपिलवस्तुको शिवराज नगरपालिकामा यो लागु हुन सकेको छैन । नगरपालिका वनेको ३ वर्ष भन्दा वढि भइसक्दा सरकारका नियमहरु लागु हुन नसक्नु प्रशासनको कमजोरि रहेको देखिएको छ ।

बि.स.२०६८ को जनगणना अनुसार शिवराज नगरपालिकामा ८,४४१ घरधुरि छन । वर्षैनि हजारौको सख्यामा घर वन्ने नगरमा नक्सा पास नगरि स्थानियहरु घर वनाउदै आएका छन ।नगरपालिकामा रहेको तथ्याङक अनुसार पुराना २०० घरनक्सा नियमित  गराएका छन ।नक्सा पास र नगरको स्वृकित लिनु झन्झटिलो भएको कारण नक्सा पास नगराई घर वनाएको र पछि आवश्याता परे नक्सा पास  गर्ने चन्द्रौटाका एक स्थानियले  वताए ।सुचनाको कमिले गर्दा  ग्रामिण वस्तिमा सुचना प्रवाह नभएका कारण यस्तो भएको स्थानिय अर्जुन सापकोटाले वताए ।

राजनितिक दल र नगरपालिकाका कर्मचारिहरुले को लापरवार्हिका कारण यस्तो भएको चन्द्रौटा उद्योग वाणिज्य संघ का अध्यक्ष जसमेद अलिले वताए । अलिका अनुसार शिवराज नगरपालिका कमजोर नगरपालिका रहेकोले यसलाई वलियो वनाउन राजनिति दलले कडाई गर्नुपर्ने वताए ।

शिवराज नगरपालिका मा सधै निति र कार्यक्रम मात्र सार्वजनिक हुने तर कार्यनव्यन नहुने भएकाले शिवराज नगर भित्र रहेको  चन्द्रौटा र आसपासमा विकाश नहुने व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलको भनाई छ । पोख्रेलले नगपालिकाको लापरवाहि र सुचनाको अभावको कारण  यस्तो समस्या निम्तिएको वताए ।

नक्सा पास गर्नु पर्ने नियम भएता पनि ग्रामिण भेग भएका कारण नक्सा पास नगरि घरहरु वनिरहेको ले आफ्नो जग्गामा जे गरे पनि नगरपालिका ले  केहि गर्न नसक्ने शिवराज नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले वताए । 

नगरपालिकाले विभिन्न समयमा सुचना निकालिरहेको र केहि वन्दै गरेका  घरहरुमा पत्र समेत पठाएको तर स्थानियहरुले बेवस्ता गरेको ढकालले आरोप लगाए । ढकालले भने ‘सरकारले नगरपालिकालाई बेवस्ता गर्नेहरुलाई कारवाहि गर्न अनुमति दिईसकेको भएता पनि शिवराज नगरपालिकामा कर्मचारिको अभावले कुनै कार्य गर्न सकिरहेका छैनौ’ नगरपालिका र स्थानिय राजनितिक दलहरु क्रयासिल रुपमा लागे यस्तो समस्या हटनुको साथै  भविष्यमा समस्या नहुने देखिन्छ ।   



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने