फागुन २३, काठमाडौं । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । 

उनको हत्या भएको प्रहरीको आशंका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, काठमाडौं । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । 

उनको हत्या भएको प्रहरीको आशंका "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापारी अपहरणमा संलग्न युवतीको शव गाडेको अवस्थामा भेटियो

२३ फाल्गुन २०७३, सोमबार ०२:२५

फागुन २३, काठमाडौं । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । 

उनको हत्या भएको प्रहरीको आशंका छ ।  भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको छ । पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।

चेक साट्न जाँदा गिरोहका दुईजना पक्राउ

पछि कोठाभित्रबाट ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए । 

गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मुख्य नाइकेहरू भने फरार छन् । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरी आशंका छ ।

कल डिटेल नपाउँदा अपहरणकारी भागे

अदालतको आदेशमा मात्र प्रहरीले कल डिटेल हेर्न पाउने व्यवस्थाले अग्रवाल अपहरणका अभियुक्त सजिलै भाग्न सफल भएका हुन् । 

४ फागुनमा अग्रवालको अपहरण भएकामा ५ गते सा“झ मात्र प्रहरीले कल डिटेल पाएको थियो । सोही घटनाबाट प्रहरीले उपत्यकामा पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमस डिटेल तथा लोकेसन हेर्न थालेको हो ।

अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थाल्दा ढिला भएको र अपराधी फरार भइसकेको प्रहरी अधिकारीहरूको भनाइ छ । 

तर, गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । कल डिटेलको दुरुपयोग रोक्न बलियो संयन्त्र बनाउनुपर्ने भए पनि अदालतको आदेश कुर्नुपर्दा अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरूले जनाएका छन् । 

‘गम्भीर घटनाको अनुसन्धानमा तत्काल कल डिटेल चाहिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘तर, कुनै–कुनै वेला अदालतबाट आदेश लिन दुई–तीन दिनसम्म कुर्नुपर्ने हुन्छ, त्यस्तो वेला अनुसन्धान प्रभावित हुन्छ, अपराधी फरार भइसक्छ ।’

युवतीकै सहयोगमा भएको थियो अपहरण

सम्झनाले भेट्न बोलाएपछि मखनमा सारीपसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । 

त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो । अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन् । 

त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो । त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घन्टा बन्धक बनाई नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए ।

 ७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए । नयाँ पत्रिका दैनिक 

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन