पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन विद्यार्थी संगठनको संयुक्त विरोध (विज्ञप्ती सहित)

२३ फाल्गुन २०७३, सोमबार ०५:४६

पर्वत । झण्डै १० बर्षको अन्तरालमा भएको स्ववियूको चुनावमा अनेरास्ववियू अखिलले स्ववियूको हित विपरित आफ्नो विजय भएको घोषणा गरेको भन्दै जिल्लाका तीन विद्यार्थी संगठनले विरोध जनाएका छन् ।


जिल्लाको कार्किनेटामा रहेको अन्नपूर्ण क्याम्पस, तिलाहारको नवजागृत बहुमुखी क्याम्पस, ग्रामप्रकाश बहुमुखी क्याम्पसमा  एमालेका जिल्लाका केही नेताहरुको आढ र ठाडो निर्देशनमा अनेरस्ववियू अखिलको विजय भएको दाबी सहित घोषणा गरिएको भन्दै संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले विरोध जनाएका हुन् ।


स्ववियूको मर्म र हित विपरित गई एमालेका जिल्ला नेता समेत क्याम्पसमा पुगी नियम र प्रक्रिया विपरित आफ्नो विजय घोषणा गर्नु गलत भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।


पर्वत जिल्लमा स्ववियूको चुनाव सहमति आधारमा जाने भन्दै गुप्तेश्वर बहुमुखि क्याम्पसमा समतिमा स्ववियू सम्पन्न गरेका विद्यार्थी संगठनले अनेरास्ववियू अखिलले एकाएक सहमति तोडि दलको आधारमा आफ्नो विजयको घोषणा गरेको भन्दै विरोध जनाएका हुन् ।


स्ववियुको मुल मर्म भावना लाई कुल्चदै सहमति सहकार्य एकतालाई लत्याउदै तानाशाहि ढङ्गले क्याम्पस प्रमुखनै एमाले पार्टीको खुलेआम पार्टी प्रवक्ता भई संगठनको प्रचारप्रसार गर्दै  गैरजिम्मेवारीपूर्ण रुपमा अन्य संगठनलाई पत्तो नदिइ एकाएक अखिलको विजय भएको घोषणा गर्नु गलत भएको संयुक्त विज्ञप्तीमा उल्लेख छ । 


नेविसंघ, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठन पर्वतका अध्यक्षको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा उक्त निर्णलाई बदर गरी पुन चुनाव   गराउनको लागि आग्रह गरेको छ । 


https://scontent.fdoh4-1.fna.fbcdn.net/v/t34.0-12/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट