फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

....कौन तालपर गोरिया नाचे कौन तालपर हम...... 

जोगीरा सर‘र‘र’ 

“फागुको बेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

....कौन तालपर गोरिया नाचे कौन तालपर हम...... 

जोगीरा सर‘र‘र’ 

“फागुको बेल"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोप हुने अवस्थामा जोगिरा (होली गीत)

२०७३, २३ फाल्गुन सोमबार ०८:०४

फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

….कौन तालपर गोरिया नाचे कौन तालपर हम…… 

जोगीरा सर‘र‘र’ 

“फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ,” क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका रामसागर शर्मा बरही भन्नुहुन्छ, “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ्, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागुगीत नै गुञ्जिन्छन् । ” 

बरहीले भन्नुभयो, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगीरा गाइन्थ्यो जोगीरा नसुनेको पनि झण्डै सात वर्षभयो ।” 

समयको परिवर्तनसंगै गाउँका युवा रोजगारीका लागि विदेशिएकाले पनि यस्ता गीत बिरानो हुन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले राम सागरलाई मात्र होइन हरिहरपुरका बेचन यादवलाई समेत यस्तै चिन्ता छ । यादव भन्नुहुन्छ, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहूँजसो हुने झै–झगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।” 

पूर्वी धनुषाधाम नगरपालिका मङ्गलपुर बस्ने सतिशलाल कर्ण पूर्खौली मृदङ्ग बजाइ फागुगीत ‘जोगिरा’ गाउन नपाएकोमा विस्मात् गर्नुहुन्छ । कर्णले अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ । 

भाङको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको छ । अहिले जोगिरा गीत नबज्दा रङ्गबिनाको होलीजस्तै माधुर्य हराउँदै गएको उनीहरुको दुखेसो छ । 

सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिलाई प्रभाव पारेकामा अहिले गरिबीका कारण युवा विदेश पलायन हुनथालकेकाले होलीसँगै जोगिरा गीतसमेत प्रभावित हुनपुगेको हो । 

फागु पर्वको पहिलो दिन अर्थात् चतुर्दशीको राति होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस मृदङ्ग, ढोल बजाइ होलिका दहन गर्दछन् । 

होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत (जोगिरा) लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् । 

अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । 

परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्नेमो शिक्षाविद् रमापति चौधरीे जोड दिनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने