फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

....कौन तालपर गोरिया नाचे कौन तालपर हम...... 

जोगीरा सर‘र‘र’ 

“फागुको बेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

....कौन तालपर गोरिया नाचे कौन तालपर हम...... 

जोगीरा सर‘र‘र’ 

“फागुको बेल"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोप हुने अवस्थामा जोगिरा (होली गीत)

२३ फाल्गुन २०७३, सोमबार ०८:०४

फागुन २३, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग 

….कौन तालपर गोरिया नाचे कौन तालपर हम…… 

जोगीरा सर‘र‘र’ 

“फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ,” क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका रामसागर शर्मा बरही भन्नुहुन्छ, “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ्, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागुगीत नै गुञ्जिन्छन् । ” 

बरहीले भन्नुभयो, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगीरा गाइन्थ्यो जोगीरा नसुनेको पनि झण्डै सात वर्षभयो ।” 

समयको परिवर्तनसंगै गाउँका युवा रोजगारीका लागि विदेशिएकाले पनि यस्ता गीत बिरानो हुन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले राम सागरलाई मात्र होइन हरिहरपुरका बेचन यादवलाई समेत यस्तै चिन्ता छ । यादव भन्नुहुन्छ, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहूँजसो हुने झै–झगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।” 

पूर्वी धनुषाधाम नगरपालिका मङ्गलपुर बस्ने सतिशलाल कर्ण पूर्खौली मृदङ्ग बजाइ फागुगीत ‘जोगिरा’ गाउन नपाएकोमा विस्मात् गर्नुहुन्छ । कर्णले अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ । 

भाङको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको छ । अहिले जोगिरा गीत नबज्दा रङ्गबिनाको होलीजस्तै माधुर्य हराउँदै गएको उनीहरुको दुखेसो छ । 

सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिलाई प्रभाव पारेकामा अहिले गरिबीका कारण युवा विदेश पलायन हुनथालकेकाले होलीसँगै जोगिरा गीतसमेत प्रभावित हुनपुगेको हो । 

फागु पर्वको पहिलो दिन अर्थात् चतुर्दशीको राति होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस मृदङ्ग, ढोल बजाइ होलिका दहन गर्दछन् । 

होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत (जोगिरा) लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् । 

अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । 

परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्नेमो शिक्षाविद् रमापति चौधरीे जोड दिनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने