कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी ल"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपहाडी लोकमार्ग सुचारु गर्न चार दिन बढी लाग्ने

२३ फाल्गुन २०७३, सोमबार १६:५४


कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो ईनर्जि लिमिटेडको सहकार्यमा आज विहान ११ बजेदेखि एउटा स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको माध्यपहाडीका ईन्जिनियर राजु रानाभाटले जानकारी दिनुभयो । 

भोली देखि अर्को एउटा थप मेसिन प्रयोग हुने उहाँको भनाई छ । पहिरोसँगै ठुलठुला ढुङ्गा र माटो खसेर सडक रोकिएको र झण्डै २ सय मिटर फराकिलो र १ सय ५० मिटर माथिबाट सडक भासिएकाले नियमित ३, ४ ओटा मेसिन लागएर काम गर्दापनि सडक खुलाउन ३, ४ दिन भन्दा बढी समय लाग्ने ईन्जिनियर रानाभाटले बताउनुभयो । 

सडक र त्यसभन्दा माथि रहेको चट्टान फुटाउन लाग्ने समयका आधारमा सडक खोल्ने समय पनि निर्भर हुने मध्यपहाडी लोकमार्गले जनाएको छ । 

दरमखोला हाईड्रो ईनर्जि रिघाले विद्युत पाईपका लागि सडकको कुनापट्टिको मागमा खनेर फराकिलो बनाएको ठाउँबाट सुख्खा पहिरो गएको मध्यपहाडी आयोजनाले जनाएको छ । हिजो विहान पाँच बजेदेखि लोकमार्ग बन्द भएपछि बुर्तिबाङबाट बागलुङ, काठमाण्डौ र पोखराका लागि छुट्ने सवारी साधनको आवतजावत रोकिएको छ ।

रिघा ७ मनेवा पाटामा सडक माथिबाट सुख्खा पहिरो खसेपछि दरमखोला समेत थुनिएको छ । थुनिएर बनेको तालमाथिबाट पानी ओभर फ्लो भएर बाग्न थालेपछि तटिए क्षेत्रको त्रास कम भएको छ । तर थुनिएर बनेको तलाउ केहि घटेर दरमखोलाको वाहव नियमित भएपनि ताल भने यथावत रहेको खर्बाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिनुभयो । 

सडक अबरुद्ध भएपछि जीप तथा साना सवारी साधनलाई सानो रिघा ठुलोरिघा मल्म हुँदै गलकोट र गुल्मी वामीटक्सार काँडेबास हुँदै गलकोट हटिया तर्फ जाने स्थानिय ग्रामिण रुट प्रयोग भएको खर्बाङबाट पत्रकार कमल पौडेलले जानकारी दिनुभो । 

बस तथा ठुला सवारी साधन ति दुवै रुटबाट सञ्चालन हुन नसक्ने भएपछि पहिरो भन्दा एता खर्बाङ तिर तथा उता रिघा तिरको ठाउँबाट यात्रु झारेर सञ्चालन गरिएको यातायात व्यवसायीले जनाएका छन् । सडकमा अलपत्र यात्रुहरुका लागि बैकल्पीक रुट प्रयोग भएपछि केहि सहजता भएको छ ।  

बागलुङ जिल्लाको रिघा गाविस–७ मनेवापाटामा हिजो भिषण सुख्खा पहिरो खसेर दरमखोला थुनिएको हो । उक्त घटनामा एक महिलाको ज्यान गएको थियो ।   दरमखोलामा थुनिएर खोला छेउमा रहेको केन्द्रिय बिद्युत प्रसारण लाइनको पोल ढलेको देखे पछि घरको बिजुलीको मेन स्विच बन्द गर्ने क्रममा रिघा–७ का ५६ बर्षिया मनकुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । 

तालको पुरै पानी नबगेपनि खोलाको वाहव नियमित भएकाले तटिय क्षेत्रका खरबाङ, वामीटक्सार, भुवाचिदी, रिडि, रुद्रबेणीका बासिन्दामा बढेको त्रास कम भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने