कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी ल"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपहाडी लोकमार्ग सुचारु गर्न चार दिन बढी लाग्ने

२०७३, २३ फाल्गुन सोमबार १६:५४


कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । 

मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो ईनर्जि लिमिटेडको सहकार्यमा आज विहान ११ बजेदेखि एउटा स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको माध्यपहाडीका ईन्जिनियर राजु रानाभाटले जानकारी दिनुभयो । 

भोली देखि अर्को एउटा थप मेसिन प्रयोग हुने उहाँको भनाई छ । पहिरोसँगै ठुलठुला ढुङ्गा र माटो खसेर सडक रोकिएको र झण्डै २ सय मिटर फराकिलो र १ सय ५० मिटर माथिबाट सडक भासिएकाले नियमित ३, ४ ओटा मेसिन लागएर काम गर्दापनि सडक खुलाउन ३, ४ दिन भन्दा बढी समय लाग्ने ईन्जिनियर रानाभाटले बताउनुभयो । 

सडक र त्यसभन्दा माथि रहेको चट्टान फुटाउन लाग्ने समयका आधारमा सडक खोल्ने समय पनि निर्भर हुने मध्यपहाडी लोकमार्गले जनाएको छ । 

दरमखोला हाईड्रो ईनर्जि रिघाले विद्युत पाईपका लागि सडकको कुनापट्टिको मागमा खनेर फराकिलो बनाएको ठाउँबाट सुख्खा पहिरो गएको मध्यपहाडी आयोजनाले जनाएको छ । हिजो विहान पाँच बजेदेखि लोकमार्ग बन्द भएपछि बुर्तिबाङबाट बागलुङ, काठमाण्डौ र पोखराका लागि छुट्ने सवारी साधनको आवतजावत रोकिएको छ ।

रिघा ७ मनेवा पाटामा सडक माथिबाट सुख्खा पहिरो खसेपछि दरमखोला समेत थुनिएको छ । थुनिएर बनेको तालमाथिबाट पानी ओभर फ्लो भएर बाग्न थालेपछि तटिए क्षेत्रको त्रास कम भएको छ । तर थुनिएर बनेको तलाउ केहि घटेर दरमखोलाको वाहव नियमित भएपनि ताल भने यथावत रहेको खर्बाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिनुभयो । 

सडक अबरुद्ध भएपछि जीप तथा साना सवारी साधनलाई सानो रिघा ठुलोरिघा मल्म हुँदै गलकोट र गुल्मी वामीटक्सार काँडेबास हुँदै गलकोट हटिया तर्फ जाने स्थानिय ग्रामिण रुट प्रयोग भएको खर्बाङबाट पत्रकार कमल पौडेलले जानकारी दिनुभो । 

बस तथा ठुला सवारी साधन ति दुवै रुटबाट सञ्चालन हुन नसक्ने भएपछि पहिरो भन्दा एता खर्बाङ तिर तथा उता रिघा तिरको ठाउँबाट यात्रु झारेर सञ्चालन गरिएको यातायात व्यवसायीले जनाएका छन् । सडकमा अलपत्र यात्रुहरुका लागि बैकल्पीक रुट प्रयोग भएपछि केहि सहजता भएको छ ।  

बागलुङ जिल्लाको रिघा गाविस–७ मनेवापाटामा हिजो भिषण सुख्खा पहिरो खसेर दरमखोला थुनिएको हो । उक्त घटनामा एक महिलाको ज्यान गएको थियो ।   दरमखोलामा थुनिएर खोला छेउमा रहेको केन्द्रिय बिद्युत प्रसारण लाइनको पोल ढलेको देखे पछि घरको बिजुलीको मेन स्विच बन्द गर्ने क्रममा रिघा–७ का ५६ बर्षिया मनकुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । 

तालको पुरै पानी नबगेपनि खोलाको वाहव नियमित भएकाले तटिय क्षेत्रका खरबाङ, वामीटक्सार, भुवाचिदी, रिडि, रुद्रबेणीका बासिन्दामा बढेको त्रास कम भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने