२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रहरीका लागि निशुलक स्वास्थ्य शिविर सञ्चालन

२०७३, २४ फाल्गुन मंगलवार ०८:४६

दान बहादुर बुढा/फागुन २४, मुगु । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि सोमवार एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको आयोजनामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउने अधिकाँश प्रहरी कर्मचारीहरुमा प्रेसरको चाप , ढाड दुख्ने समस्या र पायल्सको समस्या बढि देखिएको शिविरमा खटिएका क्षेत्रीय प्रहरी अस्पतालका डाक्टर रोशन कुमार निरालाले जानकारी दिए । 

मुगु जिल्लामा रहेका २१४ दर बन्दीमा रहेका प्रहरी मध्यसदरमुकाम गमगढी ब जिल्ला प्रहरी कार्यालयमा कार्यरत ७४ जना प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गरिएका छन भने जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकी कालीका मालिका मन्दिर अस्थाई प्रहरी चौकी, चौन चौकी, ताल्च प्रहरी चौकी, कालै प्रहरी चौकी, सोरुकोट प्रहरी चौकी बाट पनि प्रहरीहरु आफ्नो स्वास्थ्य परिक्षण गरेका छन क । गएको फागुन २० गते कालिकोट २१ गते जुम्ला र २३ गते प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य टोलीमा सहभागि प्रहरी हवल्दार विर्खसिंह भण्डारीले जानकारी दिए ।

 प्रहरी सेवामा कार्यरत उच्च स्तरका कर्मचारीलाई विरामी पर्दा प्रहरी अस्पताल तथा अन्य अस्पतालमा उपचार सहज हुने भए पनि तल्लो स्तरका प्रहरी कर्मचारीलाई विरामी भएको वेला पनि विदा नपाईने जस्ता कठिनाई रहेका कारण मध्य पश्चिमका १५ वटै जिल्लामा पुगेर प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गर्न खोजिएको डाक्टर रोसन कुमार निरालाले बताए । 

मध्य पश्चिमका कतिपय जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको आफ्नै अस्पताल छ भन्ने कुराको जानकारी समेत नभएको पाईएकाले त्यसको जानकारी गरानु पनि स्वास्थ्य शिविरको उदेश्य रहेको उनको भनाई छ । 

डाक्टर निराला, डाक्टर शुभेच्छा थिङ्ग सहित छ जना स्वास्थ्यकर्मिको टोली एक दिने स्वास्थ्य शिविर सकेर सोमवार नै फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भिडीयो उज्ञतयज्ञड सम्म सबै हुन सर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ