फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पा"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय नारी दिवसमा राजधानीमा सांसद्सहितको युवा मार्च पास

२५ फाल्गुन २०७३, बुधबार ०८:२५


फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पास कार्यक्रम सम्पन्न गर्यो ।

राजधानीको सामाखुसी चोकबाट सुरु भएको मार्च पास बालाजुको माछापोखरी चोकसम्म पुगेर कोणसभामा पणित भएको थियो । सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउण्डेशन, युथ एड्भोकेसी नेपाल, प्रगतिशिल महिला समाज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा बोल्दै एमालेका सांसद् शेरबहादुर तामांगले संविधानमा महिलालाई नेतृत्वमा पुर्याउन सुरु गरेको भन्दै अब कोही महिला पिल्सिएर बस्न नहुने धारण राखे । राज्यका हरेक अंगमा महिलाको समानुपातिक सहभागिता हुने संविधानमा उल्लेख भएपनि कार्यानयनमा अझै महिलाहरुले शाहसीका साथ अगाडी आउन महिलाहरुलाई अह्वान गरेका छन् ।


त्यस्तैगरि नेपाली कांग्रेसका सांसद्ल दिलमान पाख्रिनले अहिलको नयाँ संविधानले राजनीतिक क्षेत्रमा पुरुष बराबर अधिकार पाउने सुनिश्चित गरेको भन्दै यो कागजमा मात्र सिमित हुन नदिन महिलाहरुलाई आग्रह गरेका छन् ।

नेपाल दक्षिण एशियाकै पहिलो महिला सहभागिता हुने मुलुकमा परे पनि यो संस्थागत भने हुन नसकेको सकारात्मक विकास केन्द्रका अध्यक्ष भीम लामाले बताए। लामा भन्छन् 'समाजलाई सकारात्मक परिवर्तनका लागि 'महिला' माईतमा बाबा र दाजु अनि घरमा श्रीमान र छोराको संरक्षणमा भन्दा खुल्ला प्रतिस्पर्धामा स्वाबलम्बी बन्न सके महिला र पुरुषमा विभेद नहुने दाबी गरेका छन् ।'


त्यस्तै गरि कर्यक्रममा युथ एड्भोकेसीका अध्यक्ष नरेन्द्र खतिवडाले पितृ सतात्मक देशमा संविधानले जति अवसर दिए पनि व्यवहारमा भने त्यो न्युन रहेको भन्दै न्युनिकरणका लागि संविधानको अक्षरांस कार्यानयनमा जोड दिए ।

महिला अधिकार मार्च कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन् । युवा संघ संस्थाका अधिकारकर्मी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी, चिकित्सक लगाएतका व्यक्तिहरुको उपस्थित रहेको  कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन