फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनःनिर्माणमा रमाउँदै गोरखाका महिला कामदार

२५ फाल्गुन २०७३, बुधबार १२:५९


फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । वीरमान पनि डकर्मी हुनुहुन्छ । 

विगतदेखि नै मजदुरी गर्दै आउनुभएका तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि प्राप्त गर्नुभएको हो । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घरहरु बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि ठेक्का लिएरै घर बनाउने आँट तामाङमा आयो भने गाउँलेले पनि ढुक्क भएर घर बनाउन दिएपछि तामाङ परिवारमा आम्दानी पनि बढेको छ । 

‘निर्माण सामग्री (ढुङ्गा, गिटी, ालुवा, छड, सिमेन्ट, काठ) घरबेटीले जुटाउँछन्, जग खन्ने, गारो लगाउने, प्लास्टर गर्नेदेखि धुरी मार्नेसम्मको काम मेरो नेतृत्वमा गर्छु,’ घर पुनःनिर्माणमा सक्रिय तामाङले भन्नुभयो – ‘पुरुष कामदारले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् । समान ज्याला दिनुपर्छ भन्ने दबाब गाउँलेमा परेको छ ।’ तालिम लिनु पूर्व दिनको ५०० रुपैयाँ पारिश्रमिक पाउने तामाङले अहिले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँदै आउनुभएको छ । 

महिनामा कम्तीमा २५ दिन काममा निस्केको बताउँदै तामाङले घर, गृहस्थीको काम थाँती नराखेको बताउनुभयो । बिहान, बेलुकी घरको काम गर्दै आएको भन्दै उहाँले तालिम लिएपछि आफू सक्षम कामदार भएको बताउनुभयो । उहाँले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म लिएर घर निर्माण गर्दै आउनुभएको छ । तामाङले ठेक्का लिएको घर निर्माणमा पाँच÷सात जना पुरुष कामदार पनि पुनःनिर्माणमा सक्रिय छन् तर उनीहरुले तालिम लिएका छैनन् । 

टोलमै तामाङले मात्रै तालिम लिएको हो भन्दै खोप्लाङस्थित बेलवासका बिजबहादुर कुँवरले तालिम प्राप्त कामदारलाई घर बनाउने ठेक्का सुम्पन पाउँदा ढुक्क भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘तालिम नलिएका कामदारले पनि घर बनाउन जानेका छन् । तर मापदण्ड अनुसार बनाउँदैनन् । मापदण्ड अनुसार नबनेपछि इञ्जिनियरले घर पास गर्दैनन्, अनुदान पाइँदैन ।’ तामाङले कोलकाटेका इन्द्र भुजेलको घर निर्माण गरिसक्नुभएको छ । एकपछि अर्को घर निर्माण गरेपछि तामाङलाई काम दिनेहरु बढेका छन् । 

काम सानो, ठूलो नहुने भन्दै तामाङले ‘मजदुरी पेसा गरेको भन्दा खुसी लाग्ने तर गाउँलेहरु केहीले कुल्ली पेसा गरेको भनेको सुन्दा मन दुखेर आउने’ बताउनुभयो । काम गरेर गाउँमा राम्रो कामदार बन्ने उहाँको इच्छा छ । ठेक्का लिएर घर बनाउन सक्ने भएकामा उहाँका श्रीमान् वीरबहादुर पनि खुसी छन् । ‘मैले घर बनाउने काम गर्दै आएको १५ वर्ष भइसकेको छ,’ उहाँले भन्नुभयो – ‘श्रीमतीले पनि ठेक्कै लिएर घर बनाउन सुरु गरिन् । म खुसी छु ।’ 

तामाङले ईंटा, ढुङ्गा, ब्लकको गारो सुर मिलाएर लगाउन सक्नुहुन्छ । उहाँले भन्नुभयो, ‘काम समान भएपछि ज्याला पनि समान हुनुपर्छ । महिलालाई पुरुष सरह काम लगाउने, ज्याला आधा दिने गर्न पाइँदैन ।’ यस्तै गाँखु गाविस ७ महटारकी सङ्गीता मग्राती र कोपिला नेपाली पनि तालिम लिएपछि पुनःनिर्माणको काममा घर बनाउन सक्रिय भएर जुटिरहनु भएको छ । दैनिक एक हजारका दरले पारिश्रमिक लिँदै आउनुभएका सङ्गीताले भन्नुभयो – ‘घरको काम सकेपछि दिनभर गफगाफमै रमाइन्थ्यो । तालिम लिएपछि घर बनाउने काम गर्न भ्याइनभ्याइ छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन