२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०७औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा पनि मनाईयो

२०७३, २५ फाल्गुन बुधबार १७:०६

कमल रावल/फागुन २५, अछाम । १०७ औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा भब्यताका साथ मनाईएको छ । 

जिल्लाका विभिन्न नगरपालिकाका वडा तथा गाबिसमा दिवसको अवसरमा अन्तक्र्रिया, देउडा गित प्रतियोगिता तथा जनचेतना मुलक कार्यक्रम गरिएका हुन । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार बदलिदो परिवेशमा कामकाज महिला: सन २०३० सम्ममा बराबरि महिला भन्ने नाराका साथ मंगलसेन बजारमा रयालि सहित जिबिसको प्रागणमा समारोह गरिएको थियो । 

महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख भगवति अर्यालयको अध्यक्षता्मा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी बिष्टले जिल्लामा संञ्चालन हुने छाउपडी कुप्रथा न्युनिकरणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । अभियान संञ्चालन गर्दा सबैले एकद्धार प्रणालिका साथ अघि बढाउनु पर्ने सुझाव दिएका छन । 

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य विष्णु बहादुर खड्का, नेकपा एमाले अछामका सँगठन विभाग प्रमुख पदम बोहरा, नेकपा माओवादि केन्द्रका केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य लक्ष्मण परियार, नेकपा माओवादि क्रान्तिकारीका काशिराम जैसि, नेपाल कम्युनिष्ट पार्टीका शेर बहादुर विश्वकर्मा, नयाँशक्ति पार्टी नेपालका अमृता उपाध्याय, अन्तरपार्टी महिला संञ्जालका सरस्वती रावल, दलित महिला सँघका लक्ष्मी सोप, नारी सचेतना केन्द्र अछामका अध्यक्षमना भण्डारी, अपाँग मनदेवि खड्का, एकल महिला कोकीला विक, सबै महिलाको तर्फबाट धना बोगटी, वादि समुदायका टँक वादिले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सहभागि वक्ताले शुभकामना मन्तव्य राख्दै स्वयम अधिकारकर्मि महिलाले पिडित महिलाको पिडा बुझनु पर्ने बताउनु भयो । अझै पनि श्रमिक महिलाका हक अधिकार सुनिश्चित नभई सकेकाले यसको पक्षमा सबै सरोकारवालाले वकालत गर्नु पर्नेमा जोड दिएका थिए । महिला तथा वालवालिका कार्यालय अछामका महिला सहायक निरिक्षक मञ्जु महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन मेनुका ढुङगानाले गर्नु भएको हो ।

 दिवसकै अवसरमा अछामको साफेबगर र विनायकमा पनि भब्यताका साथ कार्यक्रम मनाईएको थियो । दिवसको अवसर पारी हिजो मंगलसेनमा आयोजना गरिएको देउडा गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना स्थान हासिल गर्नेलाई सो अवसरमा पुरस्कार समेत बितरण गरिएको थियो । उता ओलिगाउ, नन्देगडा, सुतार, ठाँटी, शोडषादेवि, ऋषिदह, वान्नातोलि गाबिसमा मनाईएको खबर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार