२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०७औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा पनि मनाईयो

२५ फाल्गुन २०७३, बुधबार १७:०६

कमल रावल/फागुन २५, अछाम । १०७ औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा भब्यताका साथ मनाईएको छ । 

जिल्लाका विभिन्न नगरपालिकाका वडा तथा गाबिसमा दिवसको अवसरमा अन्तक्र्रिया, देउडा गित प्रतियोगिता तथा जनचेतना मुलक कार्यक्रम गरिएका हुन । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार बदलिदो परिवेशमा कामकाज महिला: सन २०३० सम्ममा बराबरि महिला भन्ने नाराका साथ मंगलसेन बजारमा रयालि सहित जिबिसको प्रागणमा समारोह गरिएको थियो । 

महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख भगवति अर्यालयको अध्यक्षता्मा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी बिष्टले जिल्लामा संञ्चालन हुने छाउपडी कुप्रथा न्युनिकरणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । अभियान संञ्चालन गर्दा सबैले एकद्धार प्रणालिका साथ अघि बढाउनु पर्ने सुझाव दिएका छन । 

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य विष्णु बहादुर खड्का, नेकपा एमाले अछामका सँगठन विभाग प्रमुख पदम बोहरा, नेकपा माओवादि केन्द्रका केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य लक्ष्मण परियार, नेकपा माओवादि क्रान्तिकारीका काशिराम जैसि, नेपाल कम्युनिष्ट पार्टीका शेर बहादुर विश्वकर्मा, नयाँशक्ति पार्टी नेपालका अमृता उपाध्याय, अन्तरपार्टी महिला संञ्जालका सरस्वती रावल, दलित महिला सँघका लक्ष्मी सोप, नारी सचेतना केन्द्र अछामका अध्यक्षमना भण्डारी, अपाँग मनदेवि खड्का, एकल महिला कोकीला विक, सबै महिलाको तर्फबाट धना बोगटी, वादि समुदायका टँक वादिले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सहभागि वक्ताले शुभकामना मन्तव्य राख्दै स्वयम अधिकारकर्मि महिलाले पिडित महिलाको पिडा बुझनु पर्ने बताउनु भयो । अझै पनि श्रमिक महिलाका हक अधिकार सुनिश्चित नभई सकेकाले यसको पक्षमा सबै सरोकारवालाले वकालत गर्नु पर्नेमा जोड दिएका थिए । महिला तथा वालवालिका कार्यालय अछामका महिला सहायक निरिक्षक मञ्जु महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन मेनुका ढुङगानाले गर्नु भएको हो ।

 दिवसकै अवसरमा अछामको साफेबगर र विनायकमा पनि भब्यताका साथ कार्यक्रम मनाईएको थियो । दिवसको अवसर पारी हिजो मंगलसेनमा आयोजना गरिएको देउडा गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना स्थान हासिल गर्नेलाई सो अवसरमा पुरस्कार समेत बितरण गरिएको थियो । उता ओलिगाउ, नन्देगडा, सुतार, ठाँटी, शोडषादेवि, ऋषिदह, वान्नातोलि गाबिसमा मनाईएको खबर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला