पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २६, मुगु । जिल्लामा महिलाको हक अधिकार सम्बन्धि उत्कृष्ट समाचार सम्प्रेषण गरेका भन्दै १०७औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा महिला तथा बालबालिका कार्यालयले प्रमुख अतिथि डा डिला संग्रौलाको हातबाट संचारकर्मी लाई सम्मान गरेको छ ।

छाउपडी प्रथा, बालबिबाह, जारी प्रथा, बलत्कार लगायत महिला हिसाको बिषयमा कलम चलाए बाफत साझासबाल डट कमका मुगु जिल्ला सम्पादक तथा न्यूज २४कर्मी दान बहादुर बुढालाई सम्मान गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

उक्त नारी दिवशमा कान्तिपुर दैनिकका समाचारदाता राज बहादुर शाही,नागरिक दैनिकका समाचारदाता सुमन मल्ल, अन्पूर्णपोष्टका समाचारदाता जीवन सेजुवाल, गोखापत्रका जिल्ला समाचारदाता नृपेन्द्र बहादुर मल्ल र रेडियो मुगुका स्टेशन इन्र्चाज श्याम बिसी लाई सम्मान गरिएको छ । छाउपडी मुक्त घर बनाए बाफत पिना गाविस वडान ५ कि छैटोला भाम, वडान १ का झॉक्री बीरसिह नेपाली लाई पनि सम्मान गरिएको छ ।

हिमाली जिल्लामा मुगुमा रहेर महिलाका बिषयमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने संचारकर्मी लाई प्रोत्साहनको निम्ति सम्मान गरिएको महिला बिकास अधिकृत हसिना पराजुलीले बताई छ । जिल्ला पहिलो पटक महिला बिकास कार्यालय पिना गाविसको बालै गाउ‘मा गएर अन्तराष्ट्रि नारी दिवश मनाएको छ ।