२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोट बस दुर्घटना, मृतक २६ मध्ये २१ जनाको सनाखत

२७ फाल्गुन २०७३, शुक्रबार ०६:३५


धिराज आर.सी./फागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको छ । 

सदरमुकामवाट साल्मा ५ खाराको लागि छुटेको ना ३ ख २२७९ नंम्वरको यात्रुबहाक बस भेरीमालिका नगरपालिका ४ बोहरा नजिक पासागाड खोलामा दुर्घटना ग्रस्त भएको थियो । ६२ जना यात्रु बोकेर छुटेको गाडिमा रहेका २६ जनाको मृत्यू भएको र ३६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । अहिले सम्म २१ जनाको सनाखत भएको र ५ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, सीमा–९ का मदन पुन, भेरीमालिका नगरपालिका–१० का सन्तोष राना, भेरीमालिका–११ का गोपाल सुनार, सोही ठाउँका सर्मिला सुनार, भेरिमालिका–४, का नविन चन्द र गणेश बोहरा, भेरीमालिका–३ का शान्ता सुनारको सनाखत भएको प्रहरीले जनाएको छ ।

यसैगरी दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा , भेरीमालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका–११ गोप्लो सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका–८ का चैते खत्री, जुंगाथापाचौर–५ का भरत विसी र गर्खाकोट–२ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।

बसमा यात्रुहरु खचाखच हालेर जथाभावी वस हुइक्याएका कारण बस दुर्घटना भएको घाइतेहरुले बताएका छन् । 

राती सेनाको हेलिकप्टरले घाईतेको उद्धार गरियो 

नेपाली सेनाको हेलिकप्टरवाट रुकुमको चौरजहारी विमानस्थलमा राती नै १७ जना विरामीको उद्धार गरि उपचारका लागि नेपालगन्ज लगिएको छ । २०७१ मंसिर ४ गते वस दर्घटना हुँदा ५२ जनाको मृत्यू भएको थियो ।

मुख्य सडक नै मापदण्ड अनुसार छैन 

छिन्चु जाजरकोट सडक खण्ड नै मापदण्ड अनुसार नरहेको पाईएको छ । डवल लेनको सडक  नभएका कारण यातायाका साधनहरु हिड्न नमिल्ने साँघुरो सडक रहेको छ । सडकको कालोपत्रेसमेत ठाउँ ठाउँमा भत्किएर दुर्घटनको जोखिम रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला