रेशम राज रोकाया/फागुन २८, हुम्ला । हुम्लाका अधिकांश उत्तरी भागमा गएको ३ दिनदेखी हिमपात भईरहेको छ । 

हिमपातले गर्दा यहाँका वासिन्दाको जनजीवन अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया/फागुन २८, हुम्ला । हुम्लाका अधिकांश उत्तरी भागमा गएको ३ दिनदेखी हिमपात भईरहेको छ । 

हिमपातले गर्दा यहाँका वासिन्दाको जनजीवन अ"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा भारी हिमपात, जिल्लाका अधिकांश गाविस सम्पर्क विहिन

२८ फाल्गुन २०७३, शनिबार १०:४७


रेशम राज रोकाया/फागुन २८, हुम्ला । हुम्लाका अधिकांश उत्तरी भागमा गएको ३ दिनदेखी हिमपात भईरहेको छ । 

हिमपातले गर्दा यहाँका वासिन्दाको जनजीवन अस्तव्यस्ता भएको छ । जाडोको कारणले घरबाट बाहिर निस्कन समेत मुस्किल भएको छ भने तापक्रम माईनस १२ डिग्री सम्म पुगेको छ । यो वर्षकै अत्याधिक रहेको यो हिमपातले काम विशेषले एक गाउँबाट अर्को गाउँ जान समेत कठिन बनाएको छ । पशुवस्तु समेत घरबाट बाहिर निकाल्न समस्या भएको छ । 

लगातारको हिमपातले अहिले सिमिकोटमा १ फिट ४ ईन्च हिउँ जमेको छ । 

सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका छन् भने विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । उता सिमिकोटमा रहेको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सप्लाई हुन नसक्दा हिमपातले झन् सास्ती बनाएको छ । विद्युतको आपूर्ती बन्द हुँदा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा प्रभावित भएकोले एक आपसमा सम्पर्क गर्नको लागि समस्या हुँदा हुम्लाका उत्तरी र दक्षिणी गाउँ विकास समिति सम्पर्क विच्छेद भएका छन् । 

हिमपातले जिल्लाको कुन ठाउँमा के कस्तो खालको क्षती भयो भन्ने समेत थाहा हुन सकेको छैन । दिउँसो घाम नलाग्नाले र अत्याधिक चिसोको कारणले वृद्धा र बालबालिकालाई स्वास्थ्यमा समस्या परेको पाईएको छ । यहाँ सञ्चालित स्थानिय सञ्चारका माध्यम पूरै बन्द भएका छन् भने ईन्टरनेट सुविधा नहुँदा जिल्ला प्रशासन कार्यलयले नागरिकता समेत वितरण गर्न सकिरहको छैन ।

हिमपातले भने हुम्लाका किसान खुसी भएका छन् । रोडिकोट १ का कल्पना रोकायाले यो पटकको हिमपातलाई पशुवस्तुलाई हानी गर्ने भएको भएता पनि मंसिरमा छरेको जौ र गौं बालीलाई यो हिमपातले सिचाई गर्ने बताए । जिल्लाका अधिकाँश भेगमा सिँचाई विना नै खेती हुने गरिएकोले यो हिमपात पछि बालीनालीलाई राम्रो हुने समेत उहाँले तर्क गर्नु भयो । 


हिमपात अहिले पनि भईरहेको भएता पनि जिल्लाको एक मात्र भरपर्दो हवाई धावन मार्ग नागरिक तथा उड्डयन कार्यालयको गाडीले हिउँ सफा गर्दा आज मात्र तारा ईयरले १ र सिता ईयरले २ उडान भर्दा हुम्लाबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुलाई सहज भएको थियो । 

३ दिन देखी नेपालगञ्ज र सुर्खेतमा हुम्लाका लागि टिकट लिई आज हुम्ला विमानस्तलमा अवतरण गर्न पाउँदा यात्रुमा हर्ष छाएको थियो । आजै मात्रै लोकसेवा आयोगले सुब्बाको लागि लिईने लिखित परीक्षा पनि राम्रोसँग लेख्न नसकिएको परीक्षार्थीले बताए । चिसोको कारणले हातले कलम नै समात्न नसकिँदा प्रश्नको उत्तर लेख्न नसकिएको परीक्षार्थीले बताए । त्यसै गरी आउँदो चैत्र ३ गतेबाट सञ्चालन हुन लागि रहको एस्. ई. ई. परीक्षाको तयारी पनि हिमपताले प्रभावित बनाएको छ । 

जिल्लाका दक्षिणी भेगका ४ ओटा केन्द्रहरु रोडिकोट, सर्केगाढ, मदाना र श्रीनगर केन्द्रका केन्द्राध्यक्षले सिमिकोबाट प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउनको लागि हैरानी भएको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले बताउनु भयो । लगातारको हिमपातले प्रश्नपत्र र उत्तरपुस्तिका भिज्न सक्ने अनि हिमपहिरो आउन सक्ने भएकोले सो क्षेत्रका केन्द्राध्यक्षलाई सजग भई प्रश्न पत्र लैजान अनुरोध गरिएको जिशिअले बताए । 

सिमिकोट लगायत पूरै जिल्लामा अझै ३ दिन सम्म लगातार हिमपात हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ भने उत्तरी चिन सिमानाको रहेको मुचु र लिमी गाविस सम्पर्क  विहिन भएको छ । त्यस क्षेत्रमा खटाईएको प्रहरी चौकी गत मंसिरमा नै सिमिकोटमा काजमा खटाईएको करण त्यस क्षेत्रका वासिन्दा अनि गाउँ नै सम्पर्क विहिन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला