दान बहादुर बुढा/फागुन २८, मुगु । हिउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरु विहिबारबाट हिमाली क्षेत्रमा हिउ र बेशी ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/फागुन २८, मुगु । हिउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरु विहिबारबाट हिमाली क्षेत्रमा हिउ र बेशी ति"/>
2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा हिमपात र बर्षा भएपछि कृषक खुशी

दान बहादुर बुढा/फागुन २८, मुगु । हिउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरु विहिबारबाट हिमाली क्षेत्रमा हिउ र बेशी तिर पानी पर्न थालेपछि खुशी भएका छन ।

गत पौष यता ३ चोटी सम्म हिउ पर्ने जस्तो र्मौषम भएपनि आवश्यक मात्रामा पानी र हिउ नपर्दा कृषकहरु खेत गरामा लगाएका हिउदेवाली उत्पादन नहुने भयो र सुख्खा मौषमले रुगा, खोकी तथा मौषम जन्यरोगले मरिने भैयो भनेर चिन्तित भएका थिए । तर तिन दिन यताबाट मौषमा परिवर्तन आई हिमाली क्षेहरुमा हिउ र बेशी तिर लगातार पानी पर्न थालेपछि भने कृषकहरु खुशी भएका हुन ।

तिन दिन यताबाट मौषम विग्रेकाले मुगु जिल्ला स्थित रारा विमान स्थलमा उडान हुन सकेको छैन मुगु आउने र जिल्लाबाट बाहिरने यात्रुहरु एअरपोर्टमा अलपत्र परेका छन । मुगु जिल्लामा सरुवा भएर आउन लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल तिन दिन यताबाट हवाई उडान नहुदा बाँके स्थित राँझा विमान स्थल मै आकाश खुल्ने प्रतिक्षा रकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसी बताउनु हुन्छ ।

घुच्ची लेखमा हिउ परेकाले र लगातारको पानीले नाग्म गमगढी कच्ची सडक खण्ड हिलाम्य भएकाले मुगु आउने मालवाहक गाडी र यात्री वाहक बस पनि विच बाटो मै अलपत्र परेका छन ।

मुगु जिल्लाका उच्च क्षेत्रहरुहरु

मुगु, डोल्फु, मह, पाँपु, तल्लेख, सोभा, बाम, ताल्च, पिना, टोप्ला, चाकपाडे, खमाले, मुर्माटप, रारा, टोप्ला, हयाग्लु, खमाले, सोरुकोट, किम्री, छाँयानाथ, चंखेली, माथीतुम, ऋणीमोक्क्षमा भारी हिमपात भएको छ । सदरमुकाम गमगढीमा लगातार पानी परेपनि ३० मिनेट सिरानमा रहेको माथीतुम र १ घण्टा दुरीमा रहेको रारा विमान स्थलमा बाख्लो हिउ जमेको छ । रात भरी बर्षा भएमा मौषम चिसीएर सदरमुकाम गमगढीसम्मै हिउ पर्ने स्थानिय,कर्मचारी तथा व्यापारीहरुले आशा गरेका छन । विगत बर्षहरुमा हिउ पर्दा सदरमुकाम मै हिउ खेल्ने गर्थे तर यो चोटी हिउ नपर्दा हिउ खेल्ने आश मारेकाहरु लामो बर्षा भएपछि र सदरमुकाम वारिपारिका अग्ला हिमाल सेताम्य भएकाले हिउ खेल्न पाईने आश पालेर बसेका छन ।

सदरमुकाम स्थित गमगढी हावापानी केन्द्रका अनुसार तिन दिन अघि अधिकतम २२ डिग्रीसेन्टीग्रेट पुगेको सदरमुकामको तापक्रम  बुधबारको बदली र विहिबारको सामान्य बर्षा अनि शुक्रबारको लगातारको बर्षाले ८ डिग्री सेन्टिगे्रटमा पुगेको छ ।

शुक्रबार दिउसो ४ बजे सदरमुकाम गमगढीमा १५ मिली लिटर पानी परेको र पानी लगातार परिरहेकाले यो मापन अझ बढने पनिे केन्द्रले बताएको छ ।

समयमा नै हिउपानि परेको हुदा अत्यान्त खुसी भएको र अन्न बालि तरकारी उत्पादनको लागी राम्रोहुने श्रीनगर ५का कृषक नृपेन्द्रह बहादुर मल्लले बर्ताएका छन । जिल्ला कृषि बिकास कार्यालय मुगुका प्राबिधिक सहायक तथा बागवानि शाखाका तेजबिक्र मल्लका अनुसार पानि समउमानै प्रयो हिउदमा लगाएका तरकारी फलफुल जै गँहु बर्ष समयमा लगाउने मकै ,कोदो फापार ,तरकारी लगाएतका अन्नबाली राम्रो भएको छ हिजो आज पानि नपरेको भए गत बर्ष जस्तै ठूलो खडेरी बाट जोगीएको मल्लले बताएका छन ।

 कर्णालीका ५ वटा जिल्ला मा डोल्पा,हुम्ला,कालीकोट,जुम्ला ,मुगुमा हिजो बिहान बाट हिउ परेको छ । हिउले ५ बटै गाबिसका सम्पूर्ण गाबिसहरु सेताम्मे भएका छन भने पर्याटकप्य क्षेत्र रारा मा कपास जस्तै सेतो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ